नवलपरासी । नवलपरासीको दुम्कीवासस्थित विनयी खोलामा निर्माण गरिएको नयाँ पुल बिहीवारदेखि सञ्चालनमा आउने भएको छ ।
नारायणघाट-बुटवल सडक योजनाले नयाँ पुलको कालोपत्रे सम्पन्न भएको र बिहीवार बिहान ११ बजेदेखि सञ्चालनमा आउने जानकारी दिएको हो ।
गत पुस २६ गते विनयी खोलामा रहेको फलामे पुल भाँचिएपछि सो स्थानमा खोलामा डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन गरिँदै आएको थियो । पछिल्ला दिनमा आएको बाढीले डाइभर्सन पनि बगाएपछि सडक अवरुद्ध रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology