Logo

२०८३, कार्तिक ३०गते


images
images

पत्रकार दिलभूषण पाठक अदालतमा उपस्थित : बयान शुरु

पत्रकार दिलभूषण पाठक अदालतमा उपस्थित : बयान शुरु

images
  • पत्रकार दिलभूषण पाठक अदालतमा उपस्थित :  बयान शुरु
    images

    काठमाडौं । पत्रकार दिलभूषण पाठक जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन् । विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा उनी बिहीवार जिल्ला अदालत काठमाडौँमा हाजिर भएका पाठकको न्यायाधीश खेमराज भट्टको इजलासमा बयान बयान शुरु भएको छ । आजै थुनछेक बहस हुने र त्यसपछि आदेश आउने भएको छ । 

    images
    images
    images

    नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले गत सोमबार उनीविरुद्ध मुद्दा दायर गरेको थियो ।

    images
    images
    images

    पाठकविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा पाठकविरुद्ध एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको मागदाबी गरिएको छ ।

    images
    images

    निवेदकले आफ्नो तस्बिरका साथमा ‘हिल्टन होटलमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. आरजु राणा पुत्र जयवीर देउवाको पैसा’ भन्ने शीर्षक राखेर युट्युबमा सामग्री प्रसारण गरी आफू विरुद्ध घृणा, द्वेष फैलाएर चरित्रहत्या गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।