धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलवहादुर शाहले मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका छन् ।
बिहिवार मुख्यमन्त्री शाहले प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका हुन् ।
मुख्यमन्त्री शाहले आज मन्त्रीपरिषद् हेरफेर भएको जानकारी गराएका छन् । केहि समयअघि मुख्यमन्त्री शाहले मन्त्री चौधरीलाई राजीनामा दिन निर्देशन दिएका थिए ।
मन्त्री चौधरीले आफूले राजीनामा दिनुको कारण मुख्यमन्त्री खुलाउनु पर्ने नभए बर्खास्त गर्न चुनौती दिएका थिए ।
रामेश्वर चौधरी नागरिक उन्मुक्ति पार्टीका प्रदेश सांसद हुन । उनलाई बर्खास्त गरेसंगै संघीय सरकारबाट पनि नाउपा बाहिरिने संकेत गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology