Logo

२०८३, श्रावण ३०गते


images
images

सुस्ता पुगेर आन्तरिक मामिला मन्त्री शर्माले भने 'देशको एक इन्च भुमी पनि गुम्न दिईनेछैन'

सुस्ता पुगेर आन्तरिक मामिला मन्त्री शर्माले भने 'देशको एक इन्च भुमी पनि गुम्न दिईनेछैन'

images
  • सुस्ता पुगेर आन्तरिक मामिला मन्त्री शर्माले भने 'देशको एक इन्च भुमी पनि गुम्न दिईनेछैन'
    images
    images

    सुस्ता । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा संचारमन्त्री तिलकराम शर्माले पश्चिम नवलपरासीको त्रीवेणी पारी सुस्ता पुगेर देशको एक इन्च भुमी पनि गुम्न नदिईने बताएका छन् । शनिवार सुस्तामा आयोजित प्रेस सेन्टर नवलपरासीको अधिबेशनलाई सम्बोधनका क्रममा मन्त्री शर्माले सिमा समस्या अहिलेपनि समाधान भैनसकेको उल्लेख गर्दै कुनैपनि अवस्थामा देशको सिमाना मिचिन नदिइने बताएका हुन् ।

    images
    images
    images


    नवलपरासी जिल्लाका पत्रकार र सुस्ता ५ का जनसमुदायको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रम मन्त्री शर्माले सुस्तामा टेलिकमको टावर राख्न सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । उनले भने - "तपाईंहरूले निवेदन दिनुहोस्, सुस्तामा संचार टावर राख्ने व्यवस्था म मिलाईदिनेछु ।"

    images
    images
    images


    त्यसैगरी सुस्ताको विकासमा माओवादी केन्द्र हिजो पनि लागिपरेको र आगामी दिनमा पनि लागिपर्ने बताउँदै माओवादी केन्द्रका केन्द्रिय सदस्य समेत रहेका उनले नारायणी नदिमा पुल (सुस्ता पुल) निर्माणको लागि माओवादी मन्त्रीले नै बजेट बिनियोजन गरेको दावी गरे । उनले भने - "यहाँको पुल निर्माणको लागि तत्कालीन अर्थमन्त्री बर्षमान पुनले पहिलो पटक बजेट बिनियोजन गर्नुभएको हो, यसलाई पूरा गर्न पनि हामीले पुर्ण सहयोग गर्नेछौं ।"

    images
    images
    images

    सुस्ता क्षेत्रमा बाटो निर्माणपनि माओवादी केन्द्रकै  पहलमा भएको उनको दावी छ ।



    प्रेस सेन्टर नवलपरासीको अध्यक्षमा पोखरेल चयन


    सम्पन्न अधिवेशनले राजु पोखरेलको अध्यक्षतामा ११ सदस्यीय समिती गठन गरेको छ । जसको उपाध्यक्षमा चिरञ्जीवी न्यौपाने र सोमकली थारु, सचिवमा विष्णु खनाल, सहसचिव रेशम अधिकारी र पिपला अस्लामी मगर कोषाध्यक्षमा राम कुमार हरिजन र सदस्यहरूमा गौतम कुमार हरिजन,  कृष्णा श्रेष्ठ, सुस्मीता सुनार र सुस्मा विश्वकर्मा रहेका छन् ।



    उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रेस सेन्टरका केन्द्रिय सदस्य, विभिन्न जिल्लाका प्रेस सेन्टरका प्रतिनिधि तथा बुद्धिजिविहरूको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।