Logo

२०८३, कार्तिक ३०गते


images
images

गृहमन्त्री लेखकद्वारा महाकालीमा निमार्णधिन बाँधको स्थलगत अनुगमन

गृहमन्त्री लेखकद्वारा महाकालीमा निमार्णधिन बाँधको स्थलगत अनुगमन

images
  • गृहमन्त्री लेखकद्वारा महाकालीमा निमार्णधिन बाँधको स्थलगत अनुगमन
    images

    महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ स्थित महाकाली नदीमा निर्माणाधीन बाँधको स्थलगत अनुगमन गरेका छन् । 

    images
    images
    images

    आईतवार बाँधको स्थलगत अवलोकन गर्दै उनले महाकाली नदी किनारका बस्ती जोगाउनका लागि सरकारले विषेश निर्णय गरेर मनसुन अघिनै बाँध निमार्ण सम्पन्न गरिसक्ने गरि नेपाली सेनालाई जिम्मा दिएको बताए । उनले भने- 'महाकाली किनारका बस्ती बाढीको जोखिममा परेपछि ती बस्ती जोगाउनका लागि गृहमन्त्रालयले विषेश निर्णय गरेर बाँध बनाउने जिम्मा सेनालाई दिएको हो । यहाँ बजेट अभावले बाँध निमार्णको काम रोकिदैन यहाँका बस्ती जोगाउनका लागि सरकारले चाहिने जति बजेट दिन्छ ।'  

    images
    images
    images

    गत वर्ष महाकालीको बाढीले दुई सय ६० मिटर बाँध भत्काएपछि महाकाली नदी बस्ती तर्फ सोझिएको थियो । भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका विभिन्न बस्ती बाढीको जोखिममा परेपछि सरकारले उक्त क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो । उनले भने- 'बाढीले महाकाली नदीमा बनेको चार लेन पुल र बस्ती नै जाखिममा परेपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको गरेर सेनालाई जिम्मा दिएका हौ । सेनाले यहाँको बाढीको समस्या स्थानीय रुपमा निराकरण हुने गरि काम गरिरहेको छ ।' 

    images
    images

    उनले नदी नियन्त्रण तथा संरक्षणका लागि सरकारले विशेष प्राथमिकतामा राखेर बाँध निर्माण कार्य अघि बढाएको बताए । अवलोकनका क्रममा उनले निर्माण कार्यमा संलग्न टोलीलाई निर्धारित समयमै गुणस्तरीय निर्माण सम्पन्न गर्न समेत निर्देशन दिए ।

    गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा चाँदनी स्थित बन्ने सुख्खा बन्दरगाह शिलान्याशको काम छिट्टै हुने बताएका छन् । 

    आईतवार सुख्खा बन्दरगाह निमार्ण स्थलको स्थलगत अवलोकन गर्दै उनले सुख्खा बन्दरगाहको शिलान्याश छिट्टै हुने बताए । उनले भने- 'बन्दरगाह निमार्णका लागि ठेक्का स्वीकृत भइसकेको छ अब छिट्टै शिलान्याश हुन्छ । शिलान्याश कुन लेवलमा कसरी गर्ने भन्ने छलफल भइरहेको छ छिट्टै निमार्ण सुरु भएर तीन वर्षभित्र बनिसक्छ ।' 

    बन्दरगाह निमार्णका लागि दोधारा चाँदनी नगरपालिका-१ स्थित मायापुरी सामुदायिक वनको ४१ हेक्टर जग्गामा एक हजार पाँच सय ९३ रुख कटान सम्पन्न गरिसकेका छन । 

    भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने सुख्खा बन्दरगाहका लागि नेपाल सरकार र भारत सरकार बीच जुन १, २०२३ मा समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।  सोहि सम्झौता अनुसार दुबै तर्फबाट निमार्ण तयारी भइरहेको हो ।  भारतीय पक्षले बन्दरगाह निमार्णका लागि दुई अर्ब ५४ करोड ३१ लख ९९ हजार भारतीय रुपैयाँँ लागतमा टेन्डर आह्वान गरेर निमार्ण कम्पनी छनौट गरिसकेको छ । 

    बन्दरगाह निमार्णका लागि प्रयोग हुने ४२.३६ हेक्टर क्षेत्रफलमा दुई वटा गोदाम भवन, भन्सार चेक जाँच भवन, क्वारेन्टाइन भवन, इमिग्रेसन भवन, सुरक्षा भवनल लगायतका पूर्वाधार निमार्ण हुने इन्टर मोडल यातायात विकास समितिले जनाएको छ । 

    नेपालले सुक्खा बन्दरगाहसम्मको छ लेनको पहुच मार्ग र महाकाली नदीमा चार लेनको पक्की पुल सञ्चालनमा आइसकेको छ । भारत बन्दरगाहसम्मको पहुँचमार्ग निमार्ण गरिरहेको छ । सुख्खा बन्दरगाह निर्माण सँगै पश्चिममी नाका सञ्चालनमा आए सुदूरपश्चिम विकासको सम्भावनाको ढोका खुल्ने अपेक्षा गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।