म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-४ घुमाउने भिरस्थित बेनी –दरवाङ सडक खण्डमा पहिरो आएपछि सडक पुर्णरुपमा अवरुद्ध भएको छ ।
सोमवार बिहान करिब ५: ५० बजे घुमाउने भिरस्थित बेनी –दरवाङ सडक खण्डमा सडक माथिबाट लेदो माटोसहितको पहिरो खसी सडक पुर्णरुपमा अवरुद्ध भएको छ । प्रहरीले सडक खुलाउन पहल भईरहेको जानकारी दिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology