Logo

२०८३, आश्विन १७गते


images
images

क्याथफोर्डमा ‘युवा सशक्तीकरणका निम्ति युवाको दृष्टिकोण’ विषयक वाक कला

क्याथफोर्डमा ‘युवा सशक्तीकरणका निम्ति युवाको दृष्टिकोण’ विषयक वाक कला

images
  • क्याथफोर्डमा ‘युवा सशक्तीकरणका निम्ति युवाको दृष्टिकोण’ विषयक वाक कला
    images
    images


    देवदह । क्याथफोर्ड एजुकेसन देवदहले अतिरिक्त क्रियाकलाप अन्गर्गत ‘युवा सशक्तीकरणका निम्ति युवाको दृष्टिकोण’ विषयक वाक कला प्रतियोगिता सम्पन्न गरेको छ ।

    images
    images
    images

    क्याथफोर्ड अन्तर्गत खैरेनी तथा ६ नं शाखामा अध्ययनरत करिव दूइ सय विद्यार्थीलाई १६ वटा समुहमा विभाजन गरेर प्रतियोगिता गरिएको हो । जसमा ६ नं शाखाले प्रथम स्थान हासिल गर्यो ।  ‘परदेशी जिवन, कल्पना र यथार्थ’ भन्ने विषयमा शाखाका विद्यार्थी रुपा ढकाल, लज्जु गुरुङ, निशान घिमिरे, गुरास राना, कृतिका डुम्रे र नेत्र पुरीले प्रस्तुती राखेका थिए ।

    images
    images
    images

    यसैगरी ‘सामाजिक सञ्जालको राजनीतिमा प्रभाव’ विषयमा प्रस्तुती दिने खैरेनी शाखाले द्धितिय स्थान हासिल गरेको छ । खैरेनी शाखाका विद्यार्थीहरु ममता गिरी, नविन पचभैया, रेजीना सुनार, लोकेश गोतामे, अञ्जना विक र प्रमिशा एस के ले उक्त विषयमा प्रस्तुती दिएका थिए । 

    images
    images
    images

    विद्यार्थीहरुले आफुमा भएको प्रतिभा उजागर गर्न तथा जानेको विषयवस्तु अरुसामु प्रष्ट राख्न सकुन भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्याथफोर्ड एजुकेसनका कार्यकारी निर्देशक गणेश क्षेत्रीले जानकारी दिए । 

    kyathford 1-min.JPG

    सातौं सिरिजको रुपमा आयोजना गरिएको प्रतियोगितामा बुर्किना फासोमा ईब्राईम त्राओरेको उदय र विश्व जगतमा यसको प्रभाव, डिजिटल नगरपालिका, परदेशी जिवन : कल्पना र यथार्थ, युवाको राजनीतिमा सहभागिता, समाजमा बढ्दो आत्महत्या दर र समाधान उपायहरू, अनलाइन किनमेल : सजिलो कि धोका, डिजिटल लत : सामाजिक र मानसिक असर, सामाजिक सञ्जालमा ट्रेन्डिङ च्यालेन्जको खतरा लगाएत विषयमा विद्यार्थीहरुले आ– आफ्नो विचार प्रस्तु गरेका थिए । 

    कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले युवाहरुमा अथाह ज्ञानको भण्डार रहेको बताउँदै त्यसलाई प्रस्तुत गर्ने माध्यम आवश्यक रहेको बताए । अहिलेको युवा टेक्निकल विषयमा पोख्त रहेको भन्दै उनले त्यसलाई गाईड गर्न आवश्यक रहेको उल्लेख गरे । उनले भने, ‘युवाको मनोभावनालाई बुझेर उनीहरुको चासो र जिज्ञासाको विषयलाई प्रस्तुत गर्ने एउटा माध्यम क्याथफोर्ड बनेको छ । यसको सिर्जनशिललताबाट हामी प्रभावित हुन सकिन्छ ।’

    सोही अवसरमा ग्रिनप्लान्ट आवासीय माविका प्रिन्सिपल राजिव सापकोटाले औपचारिक शिक्षाले मात्र सिकाई पूर्ण नहुने भन्दै विद्यार्थीलाई अतिरिक्त क्रियाकलापको माध्यमबाट थप विषयवस्तुको ज्ञान प्रदान गर्न सकिने बताए । उनले भने, ‘मनको कुरा बाहिर व्यक्त गर्न नचाहने, नसक्ने र खासगरी विद्यालयले पनि दिन नसकेको प्लेटफर्म क्याथफोर्डले दिएको छ । त्यसको लागि धेरैधेरै धन्यवाद ।’

    कार्यकारी निर्देशक गणेश क्षेत्रीको अध्यक्षता र क्याथफोर्ड एजुकेसन ६ नं शाखाकी प्रमुख देवी गुरुङको सञ्चालनमा कार्यक्रम भएको हो । 

    क्याथफोर्ड एजुकेसन देवदहले विगत १५ बर्षदेखि देवदह र आसपासका क्षेत्रहरुलाई कार्यक्षेत्र बनाएर आई.टि. अन्तर्गत कम्प्यूटरका विभिन्न कोर्सहरु, आई ई एल टि एस, पिटिइ कोर्स समेत सञ्चालन गर्दै आएको छ । सिटिइभिटी अन्तर्गत सम्बन्धन प्राप्त क्याथफोर्डले आई.एस ओ ९००१ः२०१५ सर्टिफाईड शैक्षिक संस्था हो ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # क्याथफोर्ड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।