गुनाराम घिमिरे, बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले भ्रष्ट्राचारीलाई आजिवन काराबासको ब्यवस्था हुन नसक्दा भ्रष्टाचारले जरा गाडेको बताएका छन् । भ्रटाचारको अन्त्य नभईकन मुलुक समृद्ध हुन नसक्ने भन्दै प्रदेश प्रमुख शेरचनले भ्रष्ट्राचारीलाई कडा कारबाही गर्नुपर्नेमा जोड दिए ।
बुटवलस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले बुझाएको आयोगको ३१ औं बार्षिक प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख शेरचनले
मुलुकमा सुशासन कायम नभई समृद्धी प्राप्त नहुने बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कसैको दबाब र प्रभावमा नपरी भ्रष्टाचारीलाई कानूनी दायरामा ल्याउनुपर्ने उनको भनाइ छ ।
भ्रष्टाचार ज्यान मार्ने अपराध भन्दा ठूलो अपराध भएको भन्दै उनले भ्रष्टाचारीलाई कानूनी कारबाही गर्ने कुरामा खुट्टा कमाउन नहुनेमा जोड दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगप्रति राज्यले गहन जिम्मेवारी र दायित्व सुम्पिएको भन्दै शेरचनले अख्तियारका आयुक्त तथा कर्मचारीहरुले राज्यले गरेको बिश्वास गुम्न दिन नहुने बताए ।
प्रदेश प्रमुखलाई आयोगको प्रतिवेदन बुझाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयका प्रमुख योगेन्द्र प्रसाद पाण्डेले अख्तियारमाथि साना भ्रष्टाचारीहरुलाई मात्रै कारबाही गरेको आरोप आउने गरेको भन्दै आयोगमा ठूला प्रकृतिका भ्रष्टाचारका घटना बिरुद्ध उजुरीनै नआउने गरेको प्रष्टीकरण दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology