Logo

२०८३, कार्तिक ३०गते


images
images

राहत र उद्धार व्यवस्थित र प्रभावकारी बनाउन कांग्रेसको सरकारलाई ध्यानाकर्षण

राहत र उद्धार व्यवस्थित र प्रभावकारी बनाउन कांग्रेसको सरकारलाई ध्यानाकर्षण

images
  • राहत र उद्धार व्यवस्थित र प्रभावकारी बनाउन कांग्रेसको सरकारलाई ध्यानाकर्षण
    images

    काठमाडौँ । नेपाली कांग्रेसले रसुवा जिल्लामा भोटेकोशी नदीमा आएको बाढीपछि उद्धार र राहतमा जुट्न अपिल गरेको छ ।

    images
    images
    images

    कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै  बाढीले पुर्याएको जनधनको क्षति दुखि र र गम्भीर बनाएको भन्दै राहत र उद्धारमा जुट्न अपिल गरेका हुन् । 

    images
    images
    images

    साथै कांग्रेसले उद्दार कार्यलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

    images
    images

    कांग्रेसले भनेको छ- '३ प्रहरीसहित १५ नागरिक बेपत्ता भएको घटना अत्यन्तै दुःखद छ । नेपाल–चीन जोड्ने मितेरी पुल एवं भन्सार क्षेत्रमा रहेका कन्टेनर र अन्य मोटर बगाउँदा करोडौंको क्षति भएको छ । यो विपत्तिको समयमा उद्दार कार्यलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन नेपाली कांग्रेस सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।'

    विज्ञप्तिमा भनिएको छ- 'वर्षाको समयमा हरेक वर्ष बाढी पहिरोको प्रकोप सामना गर्नु परेको र बेमौसममै पनि गत बर्ष असोज १२ मा गम्भीर विपत्ति व्यहोर्नु परेको स्मरण गर्दै÷स्मरण गराउँदै नेपाली काँग्रेस एक्यवद्ध ढंगले प्रकोप सामनामा व्यवस्थित योजना साथ तत्पर रहन तिनै तहको सरकारलाई आग्रह गर्दछ । नागरिक तहबाट राख्नु पर्ने उच्च सतर्कताका लागि पनि सार्वजनिक अपील गर्दछ ।'

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।