Logo

२०८३, कार्तिक ३०गते


images
images

निर्धारित कार्यक्रम स्थगित गरेर राहत र उद्धारमा युद्धस्तरमा लागेका छौं : प्रधानमन्त्री ओली

निर्धारित कार्यक्रम स्थगित गरेर राहत र उद्धारमा युद्धस्तरमा लागेका छौं : प्रधानमन्त्री ओली

images
  • निर्धारित कार्यक्रम स्थगित गरेर राहत र उद्धारमा युद्धस्तरमा लागेका छौं : प्रधानमन्त्री ओली
    images

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तिब्बतको सीमावर्ती क्षेत्रमा भएको भारी वर्षाका कारण त्रिशुली नदीमा आएको बाढीबाट प्रभावितलाई उद्धार गर्न सरकार युद्धस्तरमा लागेको बताएका छन् ।

    images
    images
    images

    प्रधानमन्त्री ओलीले बाढीले केही नागरिकको ज्यान गएको र केही  बेपत्ता भएका दुःखद खबरहरु आएको भन्दै ठूलो भौतिक क्षति पुर्‍याएको उल्लेख गरेका छन् । 

    images
    images
    images

    उनले ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै विपद्को पीडामा रहनु भएका नागरिकप्रति सहानुभूति प्रकट गरेका छन् । 

    images
    images

    साथै प्रधानमन्त्री ओलीले यस दुःखद क्षणमा अत्यावश्यक बाहेक निर्धारित कार्यक्रमहरु स्थगित गरेर प्रभावित क्षेत्रमा भइरहेको उद्धारकार्य बारे सुरक्षा निकायसँग नियमित रिपोर्टिङ लिइरहेको जानकारी दिएका छन् ।

    उनले भनेका छन्- 'विपद् संभावित क्षेत्रमा आपातकालीन सहायता उपलब्ध गराउन तीब्र समन्वय गरिएको छ, सरकारको तर्फबाट गरिने प्रयासमा कुनै कमी नहोस् भनेर निर्देशन दिइएको छ । सरकारी निकायहरुले उद्धारको काम गरिरहेका छन् । त्यसमा सबैको सहयोग अपेक्षा गर्दछु ।'

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।