Logo

२०८३, श्रावण ३०गते


images
images

बन्दकर्ताले टायर बालेनन्, तोडफोड गरेनन्; सडक सफा गरे, जेब्रा क्रसिङ्गमा पेन्ट लगाए

बन्दकर्ताले टायर बालेनन्, तोडफोड गरेनन्; सडक सफा गरे, जेब्रा क्रसिङ्गमा पेन्ट लगाए

images
  • बन्दकर्ताले टायर बालेनन्, तोडफोड गरेनन्; सडक सफा गरे, जेब्रा क्रसिङ्गमा पेन्ट लगाए
    images
    images

    दाङ । नेपाल बन्द भनेपछि सामान्यतया हामी सडकमा टायर बाल्ने, तोडफोड गर्ने र झडप तथा गिरफ्तारीका घटना सम्झिन्छौं । तर पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्दी लगायतको विरोधमा नेपाल बन्द गरेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले भने बन्द आयोजक भएर पनि रचनात्मक काम गरेको छ ।

    images
    images
    images


    मंगलबार गरेको नेपाल बन्दको क्रममा दाङमा बन्दकर्ताहरूले सडक सफा गरेका छन् भने ट्राफिक संकेतहरूको समेत व्यवस्थापन गरेका छन् ।

    images
    images
    images

    20211116_110558.jpg
    सडकका देखिएका बन्दकर्ता सडक सरसफाई र ट्राफिक चिन्हहरुको व्यवस्थापनमा लागेका छन्। बन्द कर्ताहरुले आफैँ कुचो समाएर सडक सफा गर्नेदेखि जेब्रा क्रसिङ निर्माण र रङ रोगनसम्मको काम गरेका छन्। राजनीतिक कार्यकर्ताहरु अराजक मात्रै हुन्छन् भन्ने सोचलाई कम गराउन र समाजमा रचनात्मक काम गरेर पनि विरोध गर्न सकिन्छ भन्ने देखाउन यस्तो काम गरिएको आयोजकले जनाएको छ । ‘सबै साथीहरुले नयाँ र रचनात्मक काम गरौ भनेर प्रयास गरेका हौँ,’ बन्द आयोजक दलका नेता हेमन्त प्रकाश वलीले संचारकर्मीसंग  भने । मूल्यवृद्धिको विरोधमा बन्द भएपनि त्यसलाई सदुपयोग गरेर रचनात्मक काम गर्न लागिएको उनको भनाई छ ।

    images
    images
    images

    बन्दको समयमा यस्तो गरेमा नियमित अवस्थाको भन्दा राम्रो हुने र सडक खाली भएको बेला गरिएको पेन्टसमेत दीर्घकालिन हुने विश्वास आफूहरुले लिएको उनले बताए। लामो समयदेखि जेव्राक्रसिङहरु मेटिदै गएको अवस्था हुँदा समेत त्यसको संरक्षण नभएको देखेर यसलाई नयाँ बनाइएको वलीले बताए।               (अन्नपूर्णपोष्टका दाङ संवाददाता गोपाल शर्माको सहयोगमा तयार गरिएको रिपोर्ट )

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।