नवलपरासी । नारायणघाट-बुटवल सडकको दाउन्ने-बर्दघाट सडकखण्ड अवरुद्ध भएको छ ।
गएराती दाउन्ने-बर्दघाट सडकखण्डको खुर्साने खोला नजिकै सडकको केही भाग रातीको बर्षाको कारण बग्न गएकोले हाललाई सो सडक खण्ड पूर्ण अवरुद्ध रहेको छ । नारायणघाट-बुटवल सडक योजनाले सडकको मर्मत शुरु भएको र यथासम्भव छिटो सुरु हुने पनि जानकारी गराएको छ ।
उता, पाँचथरको फिदिम-४ र हिलिहाँङ-७ को संगम स्थल हेवाखोलास्थित मेची राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।
पाँचथरको फिदिम-४ र हिलिहाँङ-७ को संगम स्थल हेवाखोलास्थित मेचीराजमार्ग अन्तर्गत रहेको हेवा खोलामा आएको बाढी डाईभर्सन भन्दा माथीबाट पानि बगिरहेको हुँदा मेची राजमार्ग सडक खण्ड पुर्ण रुपमा अवरुद्ध रहेको हो । ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology