Logo

२०८३, कार्तिक ३०गते


images
images

बाढी पहिरो र क्षती

गृहमन्त्री लेखकद्वारा भोटेकोशीको बाढीबाट भएको क्षति बारे संसदमा जानकारी : खोज तथा उद्धार कार्य जारी

गृहमन्त्री लेखकद्वारा भोटेकोशीको बाढीबाट भएको क्षति बारे संसदमा जानकारी : खोज तथा उद्धार कार्य जारी

images
  • गृहमन्त्री लेखकद्वारा भोटेकोशीको बाढीबाट भएको क्षति बारे संसदमा जानकारी : खोज तथा उद्धार कार्य जारी
    images

    काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भोटेकोशीमा आएको भिषण बाढीका कारण रसुवाको गोसाईकुण्ड गाँउपालिका– २ को रसुवागढीमा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको बताएका छन् । बुधवार प्रतिनिधीसभामा बोल्दै गृहमन्त्री लेखकले रसुवा विपद्मा घटनामा हालसम्म नेपाल प्रहरीका २ जना, ११ जना सर्वसाधारण नेपाली एवं ६ जना चिनिया नागरिक गरी १९ जना बेपत्ता भएको जानकारी दिए ।

    images
    images
    images

    मन्त्री लेखकले बेपत्ताहरुको खोजीकार्यका लागि नेपाली सेनातर्फ ७५ जना, नेपाल प्रहरीतर्फ ३६८ जना र सशस्त्र प्रहरी बलतर्फ २३९ जना गरी ६८२ जना सुरक्षाकर्मी खटिएको बताए ।

    images
    images
    images

    उनले भने- 'हालसम्म धादिङ्गस्थित त्रिशुली नदीको किनारमा हालसम्म नाम, थर, वतन नखुलेको २ वटा पुरुषको शव फेला परेको छ । रसुवा, धादिङ्ग र नुवाकोटमा गरी ३ वटा शरीरको अंग फेला परेको छ । नुवाकोट बिदुर नगरपालिका–३, शिरखाली नयाँ पुल स्थित त्रिशुली नदीको किनारामा दाँया खुट्टा नभएको अवस्थामा पुरुषको शव फेला परेको छ । धादिङ्गको बेनिघाट रोराङ गाउँपालिका–७, चरौंदी स्थित त्रिशुली नदी किनारमा अन्दाजी ४०÷४५ वर्षका पुरुषको शव फेला परेको छ । भरतपुर नगरपालिका– २९ पन्ध्रकिलोस्थित त्रिशुली नदीको किनारमा ईलाका प्रहरी कार्यालय, टिमुरेमा कार्यरत प्रहरी सहायक निरिक्षक लालबहादुर श्रेष्ठको शव फेला परेको छ ।'

    images
    images

    मन्त्री लेखकले हालसम्म हवाई उद्दारबाट ३० जना नागरिकको सफलतापूर्वक उद्दार गरिएको जानकारी दिए । उनले भने- 'नुवाकोट बिदुर नगरपालिकाको इन्द्रेणीघाटमा  किस्पाङ– ४ घर भई हाल बिदुर–९ बस्ने पाल्तेन तामाङ र निजकी श्रीमती मंगली तामाङ एकाबिहानै दाउरा खोज्ने क्रममा खोलाको किनारमा पुग्दा एक्कासी ठूलो बाढी आई खोलाको बीचमा फसेको अवस्था थियो । हाम्रा सुरक्षाकर्मीले ठूलो बहादुरीपूर्वक निज दम्पत्तीलाई हवाई उद्दारमार्फत् सुरक्षित स्थानमा पुर्याउन सफल भएका छन् ।'

    संकटमा फसेका दुई जनाको जीवन उद्दार मात्र हैन विपद्मा परेका नागरिकलाई सरकार हाम्रो साथमा छ भन्ने आशाको संचार गराएको उनको भनाई थियो ।

    त्यसैगरी, स्थलगत उद्दारमार्फत् रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढीको भन्सार कार्यालयको यार्डमा फसेको २ जना प्रहरी र स्थानीय ७ जना गरी ९ जनालाई सुरक्षाकर्मीको सयुंक्त टोलीले उद्धार गरेको छ । सोही घटनामा रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेका चिनीया पुरुष-१ जना, नेपाली पुरुष-१५ जना र नेपाली महिला २ जना गरी जम्मा १८ जनालाई सकुशल उद्धार गरिएको थियो ।

    नेपाल र चीन नाका जोड्ने मितेरी पुल बगाएको, सडक खण्डमा बाढीको कारण सडक चर्किन जाँदा धुन्चेदेखि टिमुरेसम्म जाने बाटो अवरुद्ध भएको छ ।

    उनले भने- 'मानिस र सवारी साधन आवत जावत बन्द भएको अवस्था छ । सवारी साधनतर्फ सुख्खा बन्दरगाहमा भन्सार जाँचपासको लागि राखिएका २३ वटा मालबाहक कन्टेनर ट्रक, ३५ वटा विद्युत्तीय गाडी र ६ वटा सिनो ट्रकलाई बाढीले बगाएको छ । रसुवागढी हाइड्रोपावरको ड्याम, त्रिशुली ३ बगाइलगेको र अन्य थप क्षतिको विवरण संकलन भईरहेको छ ।'

    अकल्पनीय विपद्को सूचना प्राप्त भएपश्चात आफूले सुरक्षाकर्मीलाई परिचालित हुन निर्देशित गर्दै राजधानीबाट आवश्यक समन्वय, सहजीकरण र सहायतामा निरन्तर क्रियाशिल रहेको उनको भनाई छ । उनले भने- 'मन्त्रालय अन्तर्गतका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र स्थानीय प्रशासनलाई सक्रियतापूर्वक क्रियाशिल गराएको थिए । घटनापश्चात तत्काल विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा, केन्द्रीय कमाण्ड पोष्ट र मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण कक्षलाई पूर्ण क्रियाशिल रहेको थियो ।'

    मन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा विपद् प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी घटनाबारे जानकारी लिएका बताए । उनले भने- 'उक्त स्थलगत अवलोकनपश्चात सम्माननीय प्रधानमन्त्रीज्यूको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसी विभिन्न राहत, उद्दार तथा प्रतिकार्य सम्बन्धी महत्वपूर्ण निर्णयहरू भएका थिए ।'

    परिषद्को बैठकले उक्त घटनामा बेपत्ता भएका स्वदेशी तथा विदेशी नागरिकहरुको खोज तथा उद्धार कार्यलाई निरन्तरता दिन गृह मन्त्रालय र सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

    भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले नेपाल र चीन जोड्ने नाका रसुवागढीस्थित मितेरी पुल बगाएकाले आवागमन पूर्ण रूपमा अवरुद्ध भएको हुँदा उक्त पुलको पुनर्निर्माण गरी नाका सुचारु गर्न परराष्ट्र मन्त्रालयमार्फत मित्रराष्ट्र चीन सरकारलाई अनुरोध निर्णय भएको उनको भनाई छ । उनले भने- 'उक्त घटनाका मृतक र बेपत्ताका परिवारलाई प्रचलित कानूनबमोजिम तत्काल राहत उपलब्ध गराउने व्यवस्था गृह मन्त्रालयले मिलाउने र घाइतेको निःशुल्क उपचार गर्ने व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने निर्णय भएको छ । भोटेकोशी बाढीका कारण बेपत्ता र मृत्यु भएकाहरूको खोज तथा उद्दारमा अनवरत रुपमा खटिनु भएका सबै सुरक्षाकर्मी लगायत सम्पूर्ण खोज तथा उद्दारकर्मीहरूको योगदानको उच्च प्रशंसा गर्दै धन्यवाद दिने निर्णय गरिएको छ ।'

    त्यसैगरी परिषद्को बैठकले मित्रराष्ट्र चीनसँग समन्वय गरी भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण पहिचान गर्ने र मनसुनको समय रहेकोले पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाइ पूर्वतयारी तथा प्रतिकार्यका लागि तयार रहन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको मन्त्री लेखकले जानकारी दिए । उनले भने- 'भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण भन्सार पूर्वाधार, जलविद्युत् आयोजना,  निजी आवासहरू र  अन्य पूर्वाधारहरूमा भएको क्षतिको विस्तृत क्षति आंकलन गर्ने कार्य यथाशिघ्र प्रारम्भ गरी सम्बन्धित निकायले यथासमयमा सम्पन्न गर्ने र अर्को परिषद् बैठकमा पेश गर्ने निर्णय समेत भएको छ । उक्त नाका संचालन नहुँदासम्मका लागि बैकल्पिक सडक संचालनका लागि आवश्यक गृहकार्य अगाडि बढाइएको छ ।'

    गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सुरक्षा निकाय, स्थानीय प्रशासन र सरोकारवाला निकायबाट विपद् सम्बन्धी समय-समयमा सूचना एवं जानकारीहरू आम नागरिकका लागि जारी गर्ने गरिएको मन्त्री लेखकको भनाई छ । उनले भने- 'त्यस्ता सूचना एवं जानकारीको पूर्ण परिपालना गरी सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि सहयोग गर्न सबै नेपाली आमाबुबा, दाजुभाई तथा दिदीबहिनीसमक्ष अपिल गर्न चाहन्छु । विपद्को यस घडीमा जीउ धनको जोखिम न्यूनीकरण गर्ने सरकारको अभियानमा हातेमालो गर्न सबै राजनीतिक दल, संघसंस्था एवं सबै सरोकारवालामा अनुरोध गर्न चाहन्छु ।'

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।