Logo

२०८३, कार्तिक ३०गते


images
images

बौद्ध भिक्षुहरुको बार्षिक वर्षबास तथा धार्मिक अनुष्ठान सुरु

बौद्ध भिक्षुहरुको बार्षिक वर्षबास तथा धार्मिक अनुष्ठान सुरु

images
  • बौद्ध भिक्षुहरुको बार्षिक वर्षबास तथा धार्मिक अनुष्ठान सुरु
    images

     लुम्बिनी । आजबाट बौद्ध भिक्षुहरुको बार्षिक वर्षबास तथा धार्मिक अनुष्ठान सुरु भएको छ । असार पूर्णिमादेखि तीन महिनासम्म चल्ने वर्षबासको लुम्बिनी प्रदेशका पूर्व मूख्यमन्त्री डिल्ली बहादुर चौधरीले उद्घाटन गरे । राजकिय बिहारमा लुम्बिनी बौद्ध महिला समितिको आयोजना तथा लुम्बिनी विकास कोष, लुम्बिनी साँस्कृतिक नगरपालिका र लुम्बिनी होटल संघको सहकार्यमा वर्षबास कार्यक्रम सञ्चालन हुनेछ । 

    images
    images
    images

    कार्यक्रमको उद्घाटन गर्दै पूर्व मूख्यमन्त्री चौधरीले लुम्बिनीलाई विश्वशान्तिको मुहानका रूपमा स्थापित गर्न धार्मिक गतिविधिहरू प्रभावकारी भएको बताउँदै बौद्ध परम्पराको संरक्षण, प्रवद्र्धन र लुम्बिनी क्षेत्रको समग्र विकासका लागि आफु सधैं प्रतिबद्ध रहेको बताए ।

    images
    images
    images

    राजकीय बुद्ध बिहारका प्रमुख भिक्षु सागर धम्मले वर्षावास परम्पराको ऐतिहासिक महत्त्व, ध्यान र साधनाको अवसरका रूपमा यसको भूमिका र लुम्बिनीजस्तो पवित्र स्थलमा यसलाई निरन्तरता दिनु गौरवको विषय भएको उल्लेख गरे ।

    images
    images

    कार्यक्रममा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन मुसलमान, उपप्रमुख कल्पना हरिजन, राजकीय बुद्ध बिहारका प्रमुख भिक्षु सागर धम्म, स्थानीय जनप्रतिनिधिहरू, बौद्ध संघ–संस्थाका प्रतिनिधिहरू, भिक्षु–भिक्षुणी तथा देश(विदेशका श्रद्धालु भक्तजनहरूको सक्रिय सहभागिता थियो ।

    बौद्ध भिक्षु भिक्षुणी हरूले वर्षायामका तीन महिनासम्म एउटै विहार (गुम्बा) मा बसेर ध्यान, अध्ययन र चिन्तन मनन गर्ने परम्परालाई वर्षबास भन्ने गरिन्छ । भगवान बुद्धले प्रतिपादन गरेको २२७ विनयमध्ये वर्षबास पनि एक हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।