कृष्ण अन्जान, रुरु । नेपाली काँग्रेसकाे आसन्न चौधौँ महाधिवेशनमा प्रतिनिधित्व गर्न प्रतिनिधिकाे रुपमा जाने आकाँक्षा सहित यतिबेला काँग्रेस नेताहरु गुल्मी जिल्लाका गाउँ गाउँकाे यात्रा पूरा गरि अब अधिवेशन स्थल तर्फ केन्द्रित हुँदै छन ।
नेपाली काँग्रेसकाे आसन्न चौधौँ अधिवेसनका लागि आकाँक्षि महाधिवेशन प्रतिनिधिकाे फैसला अब केही दिनमा हुनेछ ।पार्टीको महाधिवेशनमा आफ्ना एजेन्डाहरु लिई गाउँ पसेका काँग्रेस नेता तथा नेतृहरुकाे राम्रै लर्काे गाउँ गाउँमा रहेका क्षेत्रिय प्रतिनिधि पार्टीका वडा पालिका सभापतिका घर घरमा पुगेर भेटघाट गरिसकेका छन ।
यसैक्रममा गुल्मीकि काँग्रेस नेतृ भगवति काफ्ले भण्डारी पनि नेता भन्दा नीति प्रधानका एजेन्डाका साथ रुरुक्षेत्र गाउँ पालिका का विभिन्न वडा हरुमा आफ्ना मतदाता माझ पुगिसकेकि छन । काँग्रेस नेतृ भण्डारीले वडाका मतदाताहरु सँग घरदैलाेमा भेट गरी केन्द्रीय महाधिवेशन प्रतिनिधिमा आफुलाई जिताउन आग्रह गरिन ।
नेतृ भण्डारीले कार्यकर्तालाई दास बनाउने प्रवृत्तिका विरुद्ध आफ्नाे उम्मेदवार भएकाे बताउनु हुँदै काँग्रेस जनताकाे दैनिक जिविका सँग जाेडिनु पर्ने विचार व्यक्त गरिन । पुर्व महासमिति सदस्य रहिसकेकि नेतृ भण्डरी सहकारी विकास वाेर्डमा दुई पटक वाेर्ड सदस्य समेत रहिसकेकि छन ।
२०४८ सालमा नेपाल विध्यार्थी सँघबाट राजनैतिक यात्रा शुरु गरेकि भण्डारी समाज शास्त्रमा स्नातकोत्तर र सहकारी विषयमा भारतबाट डिप्लोमा उत्तीर्ण हुन । नेपाली काँग्रेस पार्टीकाे पुर्ण कालिक कार्यकर्ताकाे रुपमा रहेकि भण्डारी नेपाली काँग्रेसकाे गुल्मी क्षेत्र न १ बाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार बनेकि छन ।
प्राजातान्त्रिक लाेकतान्त्रिक र गणतान्त्रिक आन्दाेलनमा नेतृत्वमा अग्र पँक्तिमा रहँदै आएकि भण्डारी २०५८ सालमा आयल निगमकाे सरकारी जागिर छाडेर सकृय राजनीतिमा आफ्नाे कृयाशिलता बढाएकि हुन । क्षेत्र न. १ बाट चार जना महिला र १० जना पुरुष सहित चौधजनाकाे निर्वाचन हुने छ ।
गुल्मी क्षेत्र १ मा पचास वटा वडा रहेका छन र करिव साढे नौ सय भन्दा बढि प्रतिनिधिले क्षेत्रिय अधिवेशनमा मतदान गर्ने छन । क्षेत्रिय अधिवेशन मँशिर ६ गते रुरुधामकाे रिडीमा आयाेजना हुने भएकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology