कृष्ण अन्जान, रुरु। नेपाली काँग्रेस गुल्मीको क्षेत्र न १ काे क्षत्रिय अधिवेशन स्थल रिडीबजारमा तयारी जाेड ताेडका साथ भईरहेकाे छ । करिव पच्चीस सय नेता कार्यकर्ताहरुकाे जमघट हुने रिडीबजारमा स्थानिय व्यवस्थापन लाई विशेष महत्त्वका साथ हेरिएकाे छ र साेहि अनुसार काम भएकाे छ ।
मँसिर ६ गते आयाेजना हुने अधिवेशनमा आउने नेता कार्यकर्ताका सावारि साधनकाे पार्किँगका लागि पार्किङ स्थल निर्माण गरिएकाे नेपाली काँग्रेस रुरुक्षेत्र वडा न. १ गाउँ कार्य समितिका सभापति अमूल्य श्रेष्ठले जानकारी दिनु भएकाे छ ।
रुरु खेल मैदानकाे गेट अगाडी करिब दुई सय गाडि र पाँच सय माेटर साईकल पार्किङ गर्न मिल्ने गरि पार्किङ स्थल बनाईएकाे श्रेष्ठले बताउनु भयाे । यसै क्रममा रुरु प्राथमिक स्वास्थ केन्द्र जाने सडक समेत मर्मत गरिएकाे छ ।
पार्किङ स्थल निर्माण र रुरु प्राथमिक स्वास्थ केन्द्रकाे सडक मर्मतका लागि विडारी निर्माण सेवाका तर्फबाट जेसिभिकाे व्यवस्थापन गरिएकाे थियाे । पार्किङ स्थल निर्माणमा आवस्यक जेसिभि उपलब्ध गराएर सहयाेग गर्नु भएकाेमा विडारी निर्माण सेवाका प्राेपाईटर राज कुमार विडारी लाई नेपाली काँग्रेसका तर्फबाट रुरुक्षेत्र गाउँ पालिका वडा न १ का सभापति अमूल्य श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भएकाे छ ।
पार्किङ स्थल निर्माण स्थलमा नेपाली काँग्रेस क्षेत्र न १ का सभापति पारेश्वर ढकाल तथा तरुणदलका जिल्ला उपसभापति मधुसूदन ज्ञवालीकाे उपस्थित रहेकाे थियाे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology