Logo

२०८३, कार्तिक ३०गते


images
images

रास्वपाको नाम र चुनाव चिन्ह संशोधन माग गर्दै निर्वाचन आयोगमा निवेदन

रास्वपाको नाम र चुनाव चिन्ह संशोधन माग गर्दै निर्वाचन आयोगमा निवेदन

images
  • रास्वपाको नाम र चुनाव चिन्ह संशोधन माग गर्दै निर्वाचन आयोगमा निवेदन
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाम र चुनाव चिन्ह संशोधनको माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ ।

    images
    images
    images

    युवराज पौडेल सफलले निर्वाचन आयोगमा निवेदन दिंदै ‘स्वतन्त्र’ भन्ने शब्दले स्वतन्त्र उम्मेदवारहरूको अधिकार मेटिएको दाबी गरेका छन् । साथै उनले घण्टी जस्तो धार्मिक आस्था र राष्ट्रिय पहिचान बोकेको चिन्ह कुनै दलको चुनाव चिन्ह हुन नहुने भन्दै त्यसको पनि संशोधन गर्न माग गरेका छन् ।

    images
    images
    images

    आयोगले पौडेलको निवेदन दर्ता गरेको छ ।

    images
    images

    उनको दाबी छ, स्वतन्त्र शब्द प्रयोग गरेर पार्टीले आम मतदातालाई भ्रममा पार्दैछ । स्वतन्त्र भन्ने शब्दले स्वतन्त्र उम्मेदवारको छुट्टै हैसियतलाई कमजोर बनाएको र मतदाताको आँखामा छारो हालेर भोट बटुल्ने काम भएको उनको आरोप छ ।

    पौडेलको निवेदनमा भनिएको छ, ‘राजनीतिक दल बन्न निश्चित विचार, सिद्धान्त, उद्देश्य र कार्यक्रम आवश्यक पर्छ । पार्टी स्वतन्त्र हुन सक्दैन । पार्टीले कार्यक्रम स्वतन्त्र तरिकाले गर्न सक्छ तर पार्टी आफैँ स्वतन्त्र हुँदैन । अतः ‘स्वतन्त्र’ भन्ने शब्द पार्टीको नामबाट हटाइनु पर्छ ।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।