Logo

२०८३, श्रावण ३०गते


images
images

बंगलादेशसँगका दुई मैत्रीपूर्ण फुटबल खेल तोकिएको समयमै हुन्छ : एन्फा

बंगलादेशसँगका दुई मैत्रीपूर्ण फुटबल खेल तोकिएको समयमै हुन्छ : एन्फा

images
  • बंगलादेशसँगका दुई मैत्रीपूर्ण फुटबल खेल तोकिएको समयमै हुन्छ : एन्फा
    images
    images

    काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशसँग हुने दुई मैत्रीपूर्ण फुटबल खेल तोकिएको समयमै हुने स्पष्ट गरेको छ ।

    images
    images
    images

    शुक्रवार विज्ञप्ति जारी गर्दै एन्फा प्रवक्ता सुरेन्द्र शाहले बंगलादेशसँग हुने दुई मैत्रीपूर्ण फुटबल खेलका बारेमा कपोकल्पित समाचार प्रकाशित भएको भन्दै दुवै खेल दशरथ रंगशालामा तोकिएको समयमै हुने बताएका हुन् । 

    images
    images
    images

    एन्फाले आगामी सेप्टेम्बर ६ र ९ मा काठमाडौंको दशरथ रंगशालामा बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने यस अघि जानकारी दिएको थियो । दुवै खेल फिफा अन्तर्राष्ट्रिय विन्डो अन्तर्गत खेलिने छ ।

    images
    images
    images

    एन्फाले जुलाई ७ मा नै एएफसी र फिफाबाट समेत स्वीकृति प्राप्त भइसकेकोले यस विषयमा प्रकाशित काल्पनिक समाचारले खेलप्रेमीको भावनामा चोट पुर्याएको उल्लेख गरेको छ ।

    विभिन्न मिडियामा बंगलादेशले नेपालसँग मैत्रीपूर्ण खेल खेल्न नचाहेको आशयका समाचार प्रकाशित भएपछि एन्फाले यस विषयमा स्पष्ट गरेको छ ।

    Anfa1752811971.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एन्फा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।