Logo

२०८३, श्रावण ३०गते


images
images

गजल : बजारिया हल्लाहरु

गजल : बजारिया हल्लाहरु

images
  • गजल : बजारिया हल्लाहरु
    images
    images

    बेतुकसँग चलिरहन्छन्, बजारिया हल्लाहरु
    बाठा बन्छन् आजकल यहाँ, माउ भन्दा चल्लाहरु ।।

    images
    images
    images

    भित्र केही गाव गुदो, भए पनि नभए' नि
    हलक्क भै बढिदिन्छन्, साल भन्दा सल्लाहरु ।।

    images
    images
    images

    धरातल के हो आफ्नो ? यथार्थलाई विर्सिएर
    अरुको काँध चढि आफू, अग्लो ठान्छन् डल्लाहरु ।।

    images
    images
    images

    दिग्भ्रमित भएको छ, आजको यो युवा पिँढी
    सबैलाई मूर्ख देख्ने, सद्धे भा छन् झल्लाहरु ।।

    बेतुकसँग चलिरहन्छन्, बजारिया हल्लाहरु
    बाठा बन्छन् आजकल यहाँ, माउ भन्दा चल्लाहरु ।।

    - अमरपुर, गुल्मी, हाल : तिलोत्तमा -२, रुपन्देही

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।