Logo

२०८३, श्रावण ३०गते


images
images

'अहिलेको परिवर्तनको नेतृत्व गर्ने आँट प्रचण्डले गरेका हुन'-अर्थमन्त्रीको शर्मा

'अहिलेको परिवर्तनको नेतृत्व गर्ने आँट प्रचण्डले गरेका हुन'-अर्थमन्त्रीको शर्मा

images
  • 'अहिलेको परिवर्तनको नेतृत्व गर्ने आँट प्रचण्डले गरेका हुन'-अर्थमन्त्रीको शर्मा
    images
    images

    काठमाडौं । अर्थमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले मुलुकमा प्राप्त राजनीतिक परिवर्तनको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको दावी गरेका छन् ।

    images
    images
    images

    पार्टी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल एशोसिएट प्रदेश समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकमा भएको राजनीतिक परिवर्तन माओवादी र त्यसको नेतृत्व प्रचण्डको आँट र साहसबाट मात्रै सम्भव भएको बताए ।

    images
    images
    images

    ‘नेपाली राजनीति, नेपाली राजनीतिको पछिल्लो विकासक्रम हामी दुई दशक, तीन दशकयता आईपुग्दाखेरी परिवर्तनको एउटा ठूलो आन्दोलन जनयुद्ध, जनआन्दोलनको एउटा प्रक्रियाबाट हामी नेपाललाई सामन्तबादबाट मुक्त गर्दै समावेशी लोकतन्त्र, परम्परागत लोकतन्त्र होईन् । परम्परागत लोकतन्त्र होईन,’ उनले भने, ‘यो अझ सुदृढ प्रजातन्त्र हो । समावेशी लोकतन्त्र हो । यो समावेशी लोकतन्त्रसम्म ल्याई पु¥याउनका लागि के–के सत्य हुन ? यो विचार कसले पैदा ग¥यो, यो अभियान कसेले थालनी ग¥यो ? यो आँट कसले ग¥यो ? नेकपा (माओवादी) ले गरेको यो हो आँट । नेकपा माओवादी नेतृत्वले गरेको हो, यो आँट । अध्यक्ष प्रचण्डले गर्नु भएको हो, यसको नेतृत्व । यो तथ्य हो ।’

    images
    images
    images

    नेता शर्माले अध्यक्ष प्रचण्ड र माओवादी नेतृत्वमा मुलुकमा यो परिवर्तन आएको सच्चाइलाई स्थापित गर्ने काममा लाग्न पनि पार्टी निकट प्रेस सेन्टर नेपालका नेता, कार्यकर्तालाई निर्देशन पनि दिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जनार्दन शर्मा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।