कृष्ण अन्जान, रुरु । वैचारिक मतभिन्नता पछि नेकपा एमालेबाट विद्राेह गरि बनेकाे नेपाल कम्युनिस्ट पार्टी समाजवादीले एमालेकाे गढ मानिने रुरुक्षेत्र गाउँपालिकामा अाफ्नाे सँगठनकाे खाता खाेलेकाे छ ।
नेकपा एमालेका पुराना कार्यकर्ता समेत रहेका रामजी ज्ञवालीलाई नेकपा समाजवादीले रुरुक्षेत्र गाउँपालिकाकाे पार्टी अध्यक्षकाे रुपमा सपथ ग्रहण गराए सँगै रुरुक्षेत्र गाउँपालिकामा पनि समाजवादी पार्टीको इन्ट्रि भएकाे हाे ।
नेकपा समाजवादीका रुरुक्षेत्र गाउँ पालिकामा अध्यक्षकाे सपथ लिएका रामजी ज्ञवाली २०३४ सालमा कम्युनिस्ट विचारमा लागेका पुराना वनपन्थि हुन ।
२०५१ सालमा नेकपा एमालेकाे सँगठित सदस्य भई निरन्तर एमालेमा रहेर काम गरेका ज्ञवाली करिव ४४ वर्षको एमाले पार्टीसँग बिदावारी भएर नेकपा समाजवादीकाे नयाँ घरमा छिरेका छन ।
नेकपा एमाले नवौं महाधिवेशन पछि कम्युनिस्ट अादर्शबाट च्यूत भएकाेले याे विचारमा रहँदाकाे अवधि सम्म गरेका अार्थिक भौतिक र राजनैतिक लगानि अर्थहिन भएकाे निष्कर्ष उनकाे छ । "मैले यतिबेला नेकपा समाजवादीकाे बर्काे थापेकाे र मैले थापेकाे बर्काेमा अाउन रुरुक्षेत्रका कमरेड हरुलाई अाग्रह गर्दछु" ज्ञवालीले भने ।
यतिबेला बेला रुरुक्षेत्र गाउँ पालिकामा नेकपा समाजवादिवाट रामजी ज्ञवालीलाई मात्र अध्यक्षकाे रुपमा सार्वजनिक गरेकाे छ तर सँगठनमा अरु काेकाे छन यसवारे केही बताईएकाे छैन ।
"असन्तुष्टि धेरैमा छ खुलेर कमरेडहरु अाउन सक्नु भएकाे छैन, म सवै वडा हरुमा कमरेडहरुसँग सम्पर्कमा छु छिटै पार्टीको सँगठन विस्तार हुनेछ" अध्यक्ष ज्ञवालीले भने ।
समयले हिँजो सँगै काम गरेका साथिहरु सँग राजनैनिक रुपले फरक फरक स्थानमा रहनु पर्ने अवस्था अाएपनि सम्बन्ध सुमधुर र मित्रता यथावत रहने ज्ञवालीले बताए ।
लामाे समय शिक्षण पेशामा रहँदा नेपाल राष्ट्रिय शिक्षक सँगठनकाे अाजिवन सदस्य नेकपा एमालेका विभिन्न जिम्मेवारीमा रहेका रामजी ज्ञवाली हालैमात्र शिक्षक पेशाबाट निवृत्त भएका हुन ।
नेकपा एमालेकाे गढमा एमालेकै पाका नेतालाई नेकपा समाजवादीले अाफ्नाे सँगठनमा जिम्मेवारी दिएपछि रुरुक्षेत्रमा राजनीतिक तरँग उत्पन्न भएकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology