बुटवल । मगर राष्ट्रिय मुक्ति मोर्चा बुटवल उपमहानगरपालिकाको सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ । सोमबार बुटवलमा भएको सम्मेलनले टेक बहादुर सुर्यबंसीको अध्यक्ष्तामा ३५ सदस्यीय समिति गठन गरेको छ ।
जसको उपाध्यक्षमा डा. शिवानी राना, सचिवमा गगन रेश्मी मगर, कोषाध्यक्षमा पुनम थापा, सह सचिवमा सकुन्तला घर्तिमगर रहेका छन । त्यसैगरी सदस्यहरुमा मिना पुलामी, कोपिला रमजाली, इशा थापा, गोविन्द राना, विनिता झेटीमगर, संगिता घर्ति, लक्षमण थापा, आशिष आले मिनवहादुर सारु, रमेश वुढामगर, यम कुमारी थापा, नेत्र भस्राङ्गी, खिम वहादुर राना हर्क राना लगायत रहेका छन ।
मोर्चाका पुर्ब केन्द्रिय सदस्य चेत बहादुर सिजाली मगरको अध्यक्षतामा भएको सम्मेलनमा नेकपा (माओवादी केन्द्र ) रुपन्देही जिल्ला इन्चार्ज राम प्रसाद बन्जादे , संविधान सभा सदस्य तथा अधिकारकर्मि बिनोद पहाडी , मोर्चाका केन्द्रिय सचिवालय सदस्य मनोज राना, माओवादी केन्द्रका अनुसासन आयोगका केन्द्रिय सदस्य निमानन्द गैरे, मोर्चाका जिल्ला संयोजक लाल वहादुर थापा, नेता हरि घिमिरे, नगर अध्यक्ष पुष्प राज ढकाल लगायतको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology