Logo

२०८३, आश्विन ९गते


images
images

प्रविधि

वाईफाई हटस्पट संचालन गर्न अनुमति आवश्यक

वाईफाई हटस्पट संचालन गर्न अनुमति आवश्यक

images
  • वाईफाई हटस्पट संचालन गर्न अनुमति आवश्यक
    images
    images

    काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्बजनिक स्थानमा भएका वाईफाई हटस्पट संचालनको नियम परिवर्तन गरेको छ । 

    images
    images
    images

    प्राधिकरणले सूचना प्रकाशित दूरसञ्चार सेवामा पहुँच विस्तार गरी सेवालाई सर्वसुलभ बनाउन यस प्राधिकरणवाट आधारभूत दूरसञ्चार सेवा वा मोबाइल टेलिफोन सेवा वा आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरुले मात्र वाइफाई सेवा प्रदान गर्न सकिने बताएको छ ।

    images
    images
    images

    प्राधिकरणले उल्लिखित सेवा प्रदायकहरु बाहेक अन्य अनुमतिपत्र प्राप्त गरेका सेवा प्रदायकहरुले प्राधिकरणको वाईफाई हटस्पट सञ्चालन सम्बन्धी विनियमावली, २०७५ को विनियम २ (ङ) र २ (च) मा परिभाषित निश्चित क्षेत्र वा परिधि भित्र वाईफाई हटस्पट सञ्चालन गर्न सक्ने र विनियम ५(१) एक पटकको लगइनबाट निश्चित समयावधि वा मात्राको लागि वाइफाइ हटस्पट सेवा प्रयोग गर्न सक्ने जस्ता शर्तहरुको पालना गरी मात्र वाईफाई हटस्पट सेवा सञ्चालन गर्न सक्ने बताएको छ ।

    images
    images
    images

    प्राधिकरणले भनेको छ- 'वाईफाई हटस्पट सेवा सञ्चालन गर्दा रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले तोकिदिएको दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँट तथा मूल्य सम्बन्धी) नीति, २०८० को दफा ७.४, अनुसूची ४ वमोजिम पावर लिमिट, ब्याकहल/ ब्याकबोन रिस्ट्रीक्सन लगायतका प्राधिकरणबाट टाइप अप्रुभल भएको रेडियो उपकरणहरु मात्र प्रयोग गर्न/गराउन सम्बन्धित सबैलाई जानकारी गराइएको छ । अन्यथा, प्रचलित कानून बमोजिम कारवाही गरिने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइएको छ ।'

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।