काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टाउकोमा चोट लागेर अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना भएका अखिल (क्रान्तिकारी) का उप-महासचिव रामचन्द्र भट्टको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
साथै प्रचण्डले स्वास्थ्य लाभको कामना पनि गरेका छन् । चिकित्सकले भट्टको स्वास्थ्यमा सुधार हुँदै गएको र अहिले सामान्य अवस्थामा रहेको बताएको प्रचण्डको सचिवालयले जनाएको छ । सुदूरपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचनका विषयमा विवाद भएपछि अखिल क्रान्तिकारीको दुई समुहबिच झडप भएको थियो ।
उनीमाथि पूर्वविद्यार्थी नेता भुवन विष्टले आक्रमण गरेका थिए । अखिल क्रान्तिकारी निर्वाचनमा दुवै उपमहासचिव पदमा लडेका थिए । भट्ट निर्वाचित हुँदा विष्ट पराजित भए । उपमहासचिवमा निर्वाचित भएपछि भट्टले सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी पाएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology