बुटवल । नेपाली काँग्रेस रुपन्देहीमा सर्वसम्मत नेतृत्व चयन भएकाे छ । सभापति पदमा रामकृष्ण खाँणकाे मात्रै उम्मेद्वारी परेपछि सर्वसम्मत निर्वाचित भएका हुन् ।
पार्टीकाे १४ औं महाधिवेशन अन्तरगत भएकाे रुपन्देहीकाे अधिवेशनबाट दुई उपसभापति पदमा डा. अनिता ढुंगाना शाह र थानेश्वर घिमिरे निर्वाचित हुनुभएकाे छ । उपसभापति पदमा दीर्घराज काफ्लेले उम्मदवारी फिर्ता लिएपछि शाह र घिमिरे निर्बिराेध भएका हुन् ।
त्यस्तै दुई सचिव पदमा हरिप्रसाद काफ्ले र परमानन्द भट्टराई तथा दुई सहसचिव पदमा वालकृष्ण बासुदेव रिमाल र विष्णु थापा निर्वाचित भएको सो पार्टीले जनाएको छ । सचिव पदमा उम्मेदवारी दिएका हरिप्रसाद न्याैपाने र सहसचिवमा उम्मेदवारी दिएका वालकृष्ण पाैडेलले उम्मेदवारी फर्ता लिएपछि सचिव र सहसचिव पदमा पनि निर्बिराेध भएकाे हाे ।
त्यस्तै जिल्ला सदस्यमा पनि अधिकांश निर्विरोध रहेको र केही उम्मेदवार विच सहमति कायम गर्ने प्रयास भईरहेकाे नेताहरुले बताएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology