Logo

२०८३, आश्विन १०गते


images
images

पाकिस्तान

पाकिस्तानमा इमरान खानको पार्टीका १०८ नेतालाई जेल सजाय

पाकिस्तानमा इमरान खानको पार्टीका १०८ नेतालाई जेल सजाय

images
  • पाकिस्तानमा इमरान खानको पार्टीका १०८ नेतालाई जेल सजाय
    images
    images

    काठमाडौँ । पाकिस्तानको आतंकवाद विरोधी अदालत (एटीएस) ले देशको जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीका १०८ सदस्यहरूलाई जेल सजाय सुनाएको छ । सजाय सुनाइएकाहरूमाथि सन् २०२३ मा सेना विरुद्धको विरोध प्रदर्शनमा भाग लिएको आरोप छ ।

    images
    images
    images

    मे २०२३ मा, सुरक्षा बलले भ्रष्टाचारको आरोपमा अदालतमा उपस्थित हुने क्रममा इमरान खानलाई पक्राउ गरेपछि देशभर हिंसात्मक विरोध प्रदर्शन सुरु भएको थियो ।

    images
    images
    images

    यस निर्णयलाई इमरान खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) को लागि ठूलो धक्का मानिएको छ । सजाय सुनाइएकाहरूमा पाकिस्तानको नेशनल एसेम्बलीमा विपक्षी दलका नेता ओमर अयुब खान पनि समावेश छन्, जसलाई १० वर्षको जेल सजाय सुनाइएको छ ।

    images
    images
    images

    विपक्षी नेताहरूले अदालतको निर्णयको निन्दा गरेका छन् । यस निर्णयपछि पीटीआईका छ जना सांसदहरूलाई पनि अयोग्य घोषित गरिएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।