Logo

२०८३, आश्विन ११गते


images
images

पाँचौ टेस्ट क्रिकेट

भारतविरुद्धको पाँचौ टेस्टमा इङल्याण्डलाई झट्का, क्रिस वोक्स खेल्न नसक्ने

भारतविरुद्धको पाँचौ टेस्टमा इङल्याण्डलाई झट्का, क्रिस वोक्स खेल्न नसक्ने

images
  • भारतविरुद्धको पाँचौ टेस्टमा इङल्याण्डलाई झट्का, क्रिस वोक्स खेल्न नसक्ने
    images
    images

    काठमाडौँ । जारी भारतविरुद्धको पाँचौ टेस्टमा इङल्याण्डलाई ठुलो झट्का लागेको छ । टेस्टको पहिलो दिन घाइते भएका तिब्र गतिका बलर क्रिस वोक्स अब यस टेस्टको बाँकी दिन खेल्न नसक्ने भएका छन् । इङल्याण्ड क्रिकेट बोर्डले वोक्सले यस टेस्टमा अब अगाडी खेल्न नसक्ने जानकारी दिएको हो ।

    images
    images
    images

    पहिलो दिनको खेलमा विहिबार करुण नायरको प्रहारमा बाउन्ड्री बचाउने प्रयास गर्दा वोक्स घाइते भएका थिए र मैदान छोड्नु परेको थियो ।

    images
    images
    images

    वोक्सले यस टेस्टमा अहिलेसम्म १४ ओभर बलिङ गरेका छन् र ४६ रनमा केएल राहुलको महत्त्वपूर्ण विकेट लिएका थिए । वोक्सको चोटले इङल्याण्डको समस्या बढेको छ । यस टेस्टमा इन्जुरीका कारण कप्तान बेन स्टोक्स सहित केही प्रमुख खेलाडीहरू बाहिर रहेको बेला वोक्सलाई गुमाउनु इङल्याण्डका लागि ठुलो झट्का मानिएको छ ।

    images
    images
    images

    ओभल टेस्टको पहिलो दिन बर्षाका कारणले केवल ६४ ओभरको खेल सम्भव भएको थियो । टस हारेर पहिला ब्याटिंग गरेको भारतले पहिलो दिन ६ विकेट गुमाएर २०४ रन बनाएको छ । करुण नायर ५२ र वाशिंगटन सुन्दर १९ रनमा अविजित रहेका छन् ।



    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पाँचौ टेस्ट क्रिकेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।