Logo

२०८३, श्रावण ३०गते


images
images

माओवादी बैठक

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आजपनि बस्दै

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आजपनि बस्दै

images
  • माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आजपनि बस्दै
    images
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आजपनि बस्दैछ । शुक्रबार शुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मात्र बोलेका थिए ।  बैठकमा प्रचण्डले पोखरामा पुगेर रोकिएको अभियानलाई भदौ दोस्रो सातापछि लमजुङबाट पुन: सुरु गर्ने प्रस्ताव गरेको माओवादी नेता गिरिराजमणि पोखरेलले जानकारी दिए । 

    images
    images
    images

    बैठकमा प्रचण्डले अभियानका साथै समाजवादी मोर्चा, पार्टीको आन्तरिक एकता र आगामी केन्द्रीय कमिटीबारे जानकारी गराएको पोखरेलले बताए । साथै प्रचण्डले पार्टीको केन्द्रीय कमिटी बैठक दशैं र तिहारको बीचमा बस्ने प्रस्ताव समेत गरेका छन् । 

    images
    images
    images

    बैठकमा प्रचण्डले उपमहासचिव जनार्दन शर्मालाई सार्वजनिक मञ्चमा पार्टी नेतृत्वको विरुद्ध बोलेको भन्दै सचेत गराएका थिए । पार्टीमा अन्तरसंघर्ष बढिरहेकै बेला बैठकमा प्रचण्डले आफ्नो विचार आन्तरिक बैठकमा राखेर समाधान गर्नुपर्ने भन्दै सचेत गराएका थिए ।

    images
    images
    images

    प्रचण्डले बैठकमा भनेका थिए- 'जनार्दनजीले बाहिर बोल्नु राम्रो हुँदैन, पार्टीको विधि र पद्धतिभित्र रहनुपर्छ  । पार्टीभित्र नेतृत्वको विरोध गर्न पाइन्छ । महाधिवेशन गरौं, केन्द्रीय समिति बैठकमा आफ्नो कुरा राखौं । अन्य कमरेडले पनि आफ्नो कुरा पार्टीभित्रै राखौं ।’ 

    बैठकका केन्द्रीय पदाधिकारीले रिर्पोटिङ गरेपछि स्थायी कमिटी सदस्यहरुले शनिबारबाट धारणा राख्ने क्रम सुरु हुने पोखरेलले जानकारी दिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माओवादी केन्द्र
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।