नवलपरासी । पूर्वी नवलपरासीको दाउन्ने सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत विनयी त्रिवेणी गाउँपालिका-२ विश्वकर्मा मन्दिर नजिकै पहिरो खस्दा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयले भनेको छ “सोमबार दिउसो १२: ५० बजेको समयमा जिल्ला नवलपरासी ( बर्दघाट सुस्ता पूर्व)बिनयी त्रिवेणी-२ विश्वकर्मा मन्दिर नजिकै पूर्व-पश्चिम राजमार्गमा बर्षातको कारण माथिबाट पहिरो खसी राजमार्ग दुई तर्फि अवरोध भएको हुँदा उक्त राजमार्ग प्रयोग गर्नु हुने सम्पुर्णले बैकल्पिक मार्ग प्रयोग गर्नु हुन यसै सुचना मार्फत अनुरोध गरिएको छ ।”
सडक अवरुद्ध भएका कारण पश्चिमतर्फ बर्दघाट र पूर्वतर्फ दुम्कीबासमा लामो सवारी जाम भएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology