Logo

२०८३, आश्विन १०गते


images
images

जम्मू कश्मीर

जम्मू कश्मीरको अखलमा अतिवादीसँगको भिडन्तमा दुई भारतीय सेनाको मृत्यु

जम्मू कश्मीरको अखलमा अतिवादीसँगको भिडन्तमा दुई भारतीय सेनाको मृत्यु

images
  • जम्मू कश्मीरको अखलमा अतिवादीसँगको भिडन्तमा दुई भारतीय सेनाको मृत्यु
    images
    images

    काठमाडौँ । जम्मू कश्मीरको अखलमा विगत नौ दिनदेखि भइरहेको भिडन्तमा दुई भारतीय सेनाका सैनिकले ज्यान गुमाएका छन् ।

    images
    images
    images

    भारतीय सेनाको चिनार कोर्प्सले राष्ट्रको लागि आफ्नो कर्तव्य निर्वाह गर्दा वीर लान्स नायक प्रीतपाल सिंह र सिपाही हरमिन्दर सिंहको मृत्यु भएको जानकारी दिएको छ । भारतीय सेनाले यस भिडन्तमा एक अतिवादीलाई मारेको दाबी गरेको छ भने धेरै सुरक्षाकर्मी घाइते भएको बताइएको छ ।

    images
    images
    images

    अगस्ट १ मा सुरु भएको अतिवादीहरूविरुद्धको यो सैन्य कारबाहीमा भारतीय सेना, जम्मू कश्मीर प्रहरी र सिआरपिएफ संलग्न रहेको बताइएको छ  । विगत केही महिनादेखि जम्मू कश्मीरमा अतिवादीविरुद्ध गरिएको यो सबैभन्दा लामो कारबाही हो ।

    images
    images
    images

    भारतीय सेनाले एक विज्ञप्तिमा भनेको थियो कि अखलमा केही आतंकवादीको उपस्थितिको बारेमा जानकारी पाएपछि क्षेत्रलाई घेराबन्दी गरिएको थियो । श्रीनगरबाट करिब ९० किलोमिटर टाढा रहेको अखल क्षेत्र जंगलले घेरिएको छ । यहाँ जारी मुठभेडमा निरन्तर गोलीबारी र विस्फोटका आवाजहरू सुनिरहेको बताइएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जम्मू कश्मीर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।