Logo

२०८३, आश्विन १०गते


images
images

प्राकृतिक विपत्ति

भारतको जम्मू कश्मीरमा बादल फुट्यो, ठुलो नोक्सानीको आशंका

भारतको जम्मू कश्मीरमा बादल फुट्यो, ठुलो नोक्सानीको आशंका

images
  • भारतको जम्मू कश्मीरमा बादल फुट्यो, ठुलो नोक्सानीको आशंका
    images
    images

    काठमाडौँ । भारतको जम्मू कश्मीरको किश्तवार जिल्लाको चिशोती गाउँमा बादल फुटेको घटना सार्वजनिक भएको छ । जसमा ठुलो जनधनको क्षति भएको आशंका गरिएको छ । घटना मचैल माता यात्राको मार्गमा रहेको पडार उपविभागमा भएको हो । अहिले उद्धार कार्य जारी रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

    images
    images
    images

    बादल फुटेको घटनापछि चिशोती गाउँमा अचानक बाढी आएको थियो, जसले धेरै घरहरूमा क्षति पुर्‍याएको बताइएको छ । जिल्ला प्रशासन र एनडीआरएफ टोलीहरू उद्धार कार्यमा जुटेको र बाढीले काठको पुल र पीएमजीएसवाई पुल दुवै क्षतिग्रस्त भएको बताइएको छ । 

    images
    images
    images

     स्थानीय प्रशासनले उद्धार टोलीहरू घटनास्थलतर्फ प्रस्थान गरेको र आवश्यक उद्धार र चिकित्सा व्यवस्थापनको व्यवस्था गरिएको बताएको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जम्मू कश्मीर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।