Logo

२०८३, आश्विन १०गते


images
images

प्राकृतिक विपत्ति

जम्मू कश्मीरमा भिषण बर्षापछि पहिरो, वैष्णो देवी जाने ३२ भक्तजनको मृत्यु

जम्मू कश्मीरमा भिषण बर्षापछि पहिरो, वैष्णो देवी जाने ३२ भक्तजनको मृत्यु

images
  • जम्मू कश्मीरमा भिषण बर्षापछि पहिरो, वैष्णो देवी जाने ३२ भक्तजनको मृत्यु
    images
    images

    काठमाडौँ । भारतको जम्मू कश्मीरको रियासी जिल्लामा रहेको माता वैष्णो देवी धाम जाने बाटोमा भारी वर्षाका कारण पहिरो गएको छ । दुर्घटनामा ३२ जना भक्तजनको मृत्यु भएको छ भने करिब २० जना घाइते भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

    images
    images
    images

    अहिले राहत तथा उद्धार कार्य जारी रहेको बताइएको छ । वैष्णो देवी मन्दिर जाने बाटोमा रहेको अर्धकुँवारी गुफा मन्दिरको इन्द्रप्रस्थ भोजनालय नजिकै पहिरो गएको छ । त्रिकुटा पहाडमा रहेको मन्दिर मार्गको ठूलो भाग भग्नावशेषले ढाकिएको छ ।

    images
    images
    images

    भग्नावशेषमुनि धेरै मानिसहरू दबिएको हुन सक्ने आशंका गरिएको छ । सेना र प्रशासन राहत तथा उद्धार कार्यमा संलग्न छन् । जम्मू कश्मीरमा निरन्तर वर्षाले बाढी र पहिरोको अवस्था सिर्जना गरेको छ । जम्मूमा ओभरब्रिज भत्किएका छन्, बिजुलीका तार र मोबाइल टावरहरूमा क्षति पुगेको छ भने तीन पुलमा क्षति पुगेको उल्लेख छ ।

    images
    images
    images

    मंगलबार श्री माता वैष्णो देवी मार्गमा पहिरो गएपछि यात्रा रोकिएको छ । २०१४ (११ वर्ष) पछि, मंगलबार यस क्षेत्रमा यस्तो पानीको विनाश देखिएको बताइएको छ । अविरल बर्षाले जम्मू डिभिजनका सबै प्रमुख नदीहरू खतराको चिन्हभन्दा माथि बगिरहेका छन् भने प्रभावित क्षेत्रका सयौं मानिसहरू सुरक्षित स्थानहरूमा शरण लिएका छन् ।

    जम्मू-श्रीनगर राष्ट्रिय राजमार्ग जम्मूदेखि रामबनसम्मका लगभग १२ स्थानमा पहिरोका कारण बन्द रहेको छ । चक्की पुल पठानकोटमा बाढी जस्तो अवस्थाका कारण जम्मू, उधमपुर, कटरा जाने १८ वटा रेलहरू रद्द गरिएका छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जम्मू कश्मीर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।