Logo

२०८३, श्रावण ३१गते


images
images

लायन्स क्लव अफ देवदहद्धारा निःशुल्क आँखा परीक्षण शिविर

लायन्स क्लव अफ देवदहद्धारा निःशुल्क आँखा परीक्षण शिविर

images
  • लायन्स क्लव अफ देवदहद्धारा निःशुल्क आँखा परीक्षण शिविर
    images
    images

    देवदह । लायन्स क्लब अफ देवदहले निःशुल्क आँखा परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । नारायणी इङ्गलिस पब्लिक बोर्डिङ स्कुल देवदह–१, बिर्तामा लायन्स क्लब अफ देवदहले निशुल्क आँखा परीक्षण कार्यक्रम गरेको हो । 

    images
    images
    images

    बुटवल लायन्स आँखा अस्पतालको प्राविधिक सहयोगमा गरिएको कार्यक्रममा दुइ सय ८८ जना विद्यार्थीको निःशुल्क आँखा परीक्षण गरिएको क्लवका सचिव दिपेश अर्यालले जानकारी दिए । 

    images
    images
    images

    परीक्षणको क्रममा १५ जना विद्यार्थीमा आँखा सम्बन्धि समस्या देखिएको सचिव अर्यालले बताए । उनीहरूलाई विस्तृत परीक्षण तथा निःशुल्क चश्मा वितरणका लागि लायन्स आँखा क्लिनिक खैरेनीमा रेफर गरिएको छ ।

    images
    images
    images

    विगत लामो समयदेखि लायन्स क्लव अफ देवदहले आँखा सम्बन्धि क्लिनिक सञ्चालन गरिरहेको र विभिन्न विद्यालयहरुमा आँखा शिविर सञ्चालन गर्दै आएको छ । यसबर्ष पनि विगतका वर्षहरुमा जस्तै कार्यक्रमलाई निरन्तरता दिने क्लवका अध्यक्ष सिर्जना ओलीले बताईन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लायन्स क्लव अफ देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।