Logo

२०८३, श्रावण ३०गते


images
images

अपराध

झुम्का कारागारबाट बलात्कार मुद्दाका कैदी फरार

झुम्का कारागारबाट बलात्कार मुद्दाका कैदी फरार

images
  • झुम्का कारागारबाट बलात्कार मुद्दाका कैदी फरार
    images
    images

    सुनसरी । सुनसरीको झुम्का कारागारबाट जबरजस्ती करणी मुद्दाका कैदी फरार भएका छन् । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-२ घर भएका २८ वर्षीय रुपक पौडेल खत्री मंगलवार राति भागेका हुन् ।

    images
    images
    images

    जेलर सुवासकुमार लामिछानेका अनुसार खत्रीलाई कारागारको ‘बी’ ब्लकमा राखिएको  थियो ।

    images
    images
    images

    कारागारको पर्खाल नाघेर उनी फरार भएको जानकारी चौकीदारले कारागार प्रशासनलाई गराएका थिए । सामूहिक बलात्कारको घटनामा संलग्न खत्रीलाई अदालतले पुर्पक्षका लागि २०८१ साउन २१ गते कारागार चलान गर्न आदेश दिएको थियो । 

    images
    images
    images

    घटनापछि सुरक्षाकर्मीहरूले उनको खोजी तीव्र पारेका छन् । साथै, कारागारभित्र थप सुरक्षा सतर्कता अपनाइएको छ ।

    प्रहरी र कारागार प्रशासनले घटनाको छानबिन सुरु गरेको जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कैदी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।