Logo

२०८३, श्रावण ३०गते


images
images

नेपाली चलचित्रको बजार बिदेशी सिनेमाको एकलौटी कब्जामा पुर्याइयो : महासंघ

नेपाली चलचित्रको बजार बिदेशी सिनेमाको एकलौटी कब्जामा पुर्याइयो : महासंघ

images
  • नेपाली चलचित्रको बजार बिदेशी सिनेमाको एकलौटी कब्जामा पुर्याइयो : महासंघ
    images
    images

    काठमाडौँ । अखिल नेपाल जनसाँस्कृतिक महासंघले नेपाली चलचित्रको बजार बिदेशी सिनेमाको एकलौटी कब्जामा पुर्याइएको भन्दै आपत्ति जनाएको छ । 

    images
    images
    images

    शनिवार विज्ञप्ति जारी गर्दै नेकपा ( बहुमत) निकट अखिल नेपाल जनसाँस्कृतिक महासंघले बिगत लामो समयदेखि अनवरत रूपमा संघर्ष गर्दै आएको बताउदै बिनासर्त प्रदर्शनमा रहेका नेपाली चलचित्रहरूको तुरून्त प्रदर्शनीको व्यवस्था मिलाउन सम्बन्धित निकाय, संघ-संस्था र सरोकारवालाहरूलाइ हार्दिक अपील गरेको छ ।  

    images
    images
    images

    महासंघले भनेको छ- 'आज नेपाली चलचित्र मोहर र सिटामोलले खेपिरहेका छन् । उक्त चलचित्रहरूले राष्ट्र र राष्ट्रियताको पक्षमा नेपाली कला साहित्य र लोकसंस्कृतको पक्षमा आमसर्वसाधरण जनताको मनजितेर व्यावसायिक रूपमा सफलताको सिढी चढ्दै गर्दा निर्ममतापूर्वक हत्या गरि भारतीय सिनेमा कुली/वार-२ जस्ता साम्राज्यवादी सिनेमाहरूबाट ठुलो रकम कमिसन खाएर नेपाली चलचित्रको बजार बिदेशी सिनेमाको एकलौटी कब्जामा पारिदिएका छन् ।' 

    images
    images
    images

    महासंघले राष्ट्र, राष्ट्रियता, जनतन्त्र र नेपाली कला, साहित्य र लोकसंस्कृतिमा आधारित नेपाली चलचित्रको पक्षमा सम्झौताहिन कडा संघर्ष गर्न बाध्य हुने चेतावनी दिदै सुझावलाई गम्भीरतापूर्वक लिन आग्रह गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चलचित्र
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।