Logo

२०८३, श्रावण २७गते


images
images

बाग्मती सफाइका अभियन्ता पुर्व मुख्यसचिव पौडेल जुटे कालीगण्डकी सफाइ अभियानमा

बाग्मती सफाइका अभियन्ता पुर्व मुख्यसचिव पौडेल जुटे कालीगण्डकी सफाइ अभियानमा

images
  • सेतोमसी सहकर्मी
  • बाग्मती सफाइका अभियन्ता पुर्व मुख्यसचिव पौडेल जुटे कालीगण्डकी सफाइ अभियानमा
    images
    images

    कृष्ण अन्जान, रुरु । बाग्मती सफाई अभियानका अभियन्ता पुर्व मुख्यसचिव लिलामणी पौडेल सहितकाे टाेलि कालिगण्डकी किनार सरसफाइका लागि मंगलबार रुरुधाममा जुटेकाे देखियाे । 

    images
    images
    images


    वातावरण स्वच्छ राख्न याे एउटा महान सामाजिक अभियान थियाे तर यहि अभियानमा स्थानीय समाजसेवी र शिक्षण संस्थाहरुकाे  सहभागिता नभएकाे कुरा अभियन्ता पौडेलले सार्वजनिक रुपमा व्यक्त गरे ।

    images
    images
    images


    यद्यपी सरसफाइ अभियानमा रुरुक्षेत्र गाउँपालिका वडा नं. १ का जनप्रतिनिधि नेपाल प्रहरी रुरु प्राथमिक स्वास्थ केन्द्रका कर्मचारी स्थानीय क्लव अामा समूह मात्र हाेईन, रिडी भन्दा बाहिरबाट पनि सरसफाइमा जुटेकाे देखियाे ।

    images
    images
    images

    received_423102586075938.jpeg
    पवित्र रुरु धाममा पुग्नुलाइ हिन्दु धर्मावलम्विहरुले दामाेदर कुण्डबाट मुक्तिक्षेत्र हुँदै रिडीमा अाइपुग्ने कालीगण्डकीकाे स्नानलाइ प्रमुखताकाे रुपमा लिन्छन ।


    पौष-माघकाे कठ्याँग्रिने जाडाेमा पनि कालिनदीमा डुबुल्की लगाउने धर्मावलम्विकाे ताँति काली  किनारमा अहिले पनि भेटिन्छ ।
      
       
    शास्त्रभन्छ - मानिस जन्मीँदा लिएर अाउने देवऋण पितृऋण र ऋषिऋण गरि तीन ऋण हुन्छन् । मुक्त क्षेत्रबाट बग्दै अाउने कालिगण्डकीमा स्नान गर्नाले यी ऋण बाट मुक्ति पाइन्छ । यहि मान्यतामा परापुर्वकालदेखि रुरुधामकाे महत्त्व अत्यधिक छ ।
     
    received_648154512891222.jpeg    
    धर्मावलम्विहरु अाउँदै गर्दा कालिगण्डकी नदि तटमा व्यवस्थित नुहाउने घाटकाे समस्या बारे चर्चा गर्छन । फाेहर व्यवस्थापन नभएकाे चर्चा पनि सुनिन्छ ।

      
    माथि भर्खर लास पाेलेर सलाे पखाल्दै गर्दा तल तिर्थालुहरुले त्यहि सलाे पखालेकाे  खरानीसँगै मिसिएकाे गंगाजलमा डुबुल्की मार्दै गरेका हुन्छन भने त्यहि गंगाजलले अाचमन गर्न विवश छन ।
       
        
    यहि प्रदुषित कालिगण्डकी सफाई अभियानमा नितान्त सामाजिक भाव र वातावरण स्वच्छ राख्न चिनका राजदुत समेत रहिसकेका पुर्व मुख्य सचिवले शुरुवात गरेर रिडीवासिलाई  केही सिकाउने प्रयास गरेका मात्र छैनन, सभ्य र सफा रिडीधामकाे अभियानमा सबैलाई लाग्न खुलेरै लाग्न अपिल समेत गरेका छन ।


    पहिले कालीगण्डकी लामा चौतारीबाट बग्थ्याे र त्यतिवेला लामाचौतारि क्षेत्रमा केही व्ववस्थित थियाे । माथि तिर्थालुहरुले गंगाजलमा स्नान गर्थे । रिडी खाेला र कालिगण्डकीकाे दाेभानमा दाहसंस्कार हुन्थ्याे तर काली गण्डकी वहाव पर पुगेपछि घाट व्यवस्थित हुन सकेन ।
      
      
    यहि नदिकाे बालुवा दाेहन गरेर राज्यका निकायहरु चल्न थालेकाे बर्षौँ भयाे । तर एउटा व्यवस्थित शवदाह गृह वन्न सकेन।
     
        
    पटकपटक विध्युतिय शवदाह गृह बनाउने र घाट व्यवस्थापन गर्ने भनेर हल्ला चलाइयाे । बजेट अायाे अब बन्छ भनियाे तर वार्षिक रुपमा कराेडौँकाे वालुवा बिक्रीबाट अाउने बजेटले याे क्षेत्रमा अाधुनिक शव दाह गृह  बनाउनु पर्छ भन्ने कुरा कसैकाे मनमा अाएन । 


    बग्ने पानी पवित्र हुन्छ भन्ने मान्यतामा मात्र यसक्षेत्रमा अाउनेहरुले कालिगण्डकीकाे तटमा स्नान गर्छन । तर यसरी बग्ने पानीमा सलाे पखालीएपछिकाे खरानी सहितकाे प्रदुषित पानी त बग्छ नै । अँगार लास जलाएर रहेका अाधा जलेका दाउरा पानीमा तैरि रहेकाे भेटिन्छ ।


    शब ल्याएपछि शबका कपडा लगायत यहि गंगा जलमा फालिन्छ र तिनै फाेहर बाेकेर काली नदि पवित्र बनेर बग्छ ।
       

    यहि प्रदुषित कालिनदी क्षेत्रकाे सरसफाइ अभियानमा हातेमालाेसंगै रुरुधामकाे पवित्रतासँगै स्वच्छता  अावस्यक भएकाे भनाई पुर्व मुख्यसचिव पौडेलकाे छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।