कृष्ण अन्जान, बुटवल । रुरुक्षेत्र गाउँपालिका १ थोर्गा च्युरेक बाट रुपन्देहीको बुटवल तथा आसपास बसाई सराईका साथै विभिन्न पेशा व्यवसायमा अबद्द व्यक्तित्व हरुकाे भेलाले च्यृरेक रुपन्देही सम्पर्क समाज गठन गरेका छन ।
शनिवार बुटवलमा सम्पन्न भेलाबाट च्यूरेक रुपन्देही सम्पर्क समाजकाे अध्यक्षमा कमला ज्ञवाली सर्वसम्मत चयन भएकि छन ।
यसैगरी उपाध्यक्ष ,सचिव ,काेषाध्यक्ष मा जानकी ज्ञवाली ,प्रदिप ज्ञवाली र शर्मिला ज्ञवाली रहेका छन ।
समाजकाे सदस्यमा लक्ष्मी ज्ञवाली ,सावित्री ज्ञवाली,लक्ष्मण ज्ञवाली ,गाेपाल ज्ञवालीले र मन्जु ज्ञवाली रहेका छन ।
रुरुक्षेत्रकाे च्यूरेक गाउँका सत्तरी प्रतिशत भन्दा बढि बसाइँसराइ गरेर रुपन्देही लगाएतका ठाउँहरुमा झरेका छन भने अधिकाँस च्यूृरेकी हरु गाउँमा भन्दा बुटवल तिर भेटिन्छन ।
खानेपानी ,सडक ,बिजुली ,नेट ईन्टरनेटकाे सुविधा गाउँमा आउँदा पनि याे वस्तिबाट बसाइँसराइ तिब्र छ ।
अत्यधिक बसाई सराईले यहाँका विध्यालयमा विध्यार्थीकाे अभाव ले याे शैक्षिक सत्र देखि च्यूरेक आधारभूत विध्यालय बाट कक्षा ६ ,७ , र ८ लाई समायोजन गरिएकाे छ भने कालीगण्डकी प्राथमिक विध्यालयबाट २ र ३ कक्षा समायोजन भएकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology