माधव ज्ञवाली, गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा ३ दिन सम्म सञ्चालित रास्ट्रपति रनिङ्ग शिल्डकाे उपाधी जनबोध माविले आफ्नो हातमा पारेको छ। ५ स्वर्ण , ७ रजत र ५ कास्य सहित वडा नम्बर ४-५ काे जनबोध माध्यमिक बिद्यालय कुल १७ अंक लिएर रुरुक्षेत्र गाउँपालिकामा सञ्चालन भएको रास्ट्रपति रनिङ शिल्डकाे उपाधि हासिल गरेको हो, जनबोध लगातार तीन पल्ट प्रथम हुन सफल भएसङ्गै उसले सिङ्गो शिल्ड नै आफ्नो पक्षमा पारेको छ।
कार्यक्रममा दोस्रो वडा न.४ बलेटक्सारमा रहेको रेन्बो ईङ्लिस सेकेण्डरी बोर्डिङ स्कुल भएको छ, जसले स्वर्ण ५ ,रजत १ र कास्य २ गरि कुल ८ अंक लिएको हो । त्यस्तै तृतीय वडा नम्बर ३ मा रहेको राष्ट्रिय माध्यमिक बिद्यालय बनेको छ । राष्ट्रिय माविले पनि ५ स्वर्ण, १ रजत र २ कास्य गरि ८ अङ्क पाएको हो। रेन्वो बोर्डिङ र राष्ट्रिय माविले सबै पदक बराबर जित्न सफल भएपनि समुहगत खेल अन्तर्गत छात्र कपर्दीमा रेन्वो प्रथम हुन सफल भएकोले दोस्रो बन्न सफल भएको आयोजकले जानकारी दिएको छ।
प्रथम बनेको जनबोध माध्यमिक बिद्यालयले रु. १० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाएकाे छ भने उसले सिङ्गो शिल्ड नै आफ्नो पोल्टामा पारेको छ । त्यस्तै दोस्रो हुने रेन्वो बोर्डिङले रु. ७ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाएकाे छ भने तृतीय हुने राष्ट्रिय माध्यमिक बिद्यालयले रु. ५ हजार नगद ,ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले गाउँपालिका भित्र रहेका बिद्यालयमा रहेका बिद्यार्थीकाे क्षमता फरक फरक ढङ्गले मुल्यांकन गर्न सकिने र उनिहरुकाे प्रतिभाकाे उच्च मुल्यांकन गरिने ठाउँ राष्ट्रपति रनिङ शिल्ड पनि भएकाले सहभागी सम्पुर्ण बिद्यार्थीलाई धन्यवाद दिएका छन् ।
उनले कार्यक्रमलाइ सफल पार्न अनवरत खट्ने गाउँपालिकाका कर्मचारी र बिद्यार्थी उपस्थित बनाएर उनिहरुकाे प्रतिभाकाे पहिचान गराउन सहयोग गर्ने बिद्यालयहरुलाइ धन्यवाद दिएका छन् ।
कार्यक्रम फाल्गुन ५,६ र ७ गते गरि तीन दिन सम्म सञ्चालन भएको हाे । कार्यक्रम गाउँपालिकाकाे खेलमैदान घ्युबेशीमा संचालन भएको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology