Logo

२०८३, आश्विन ९गते


images
images

राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा

राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा

images
  • राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा
    images
    images

    देवदह । रुपन्देहीको देवदह नगरपालिकामा हुने दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेका छ । माघ ३ गतेदेखि ५ गते तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता केरवानी माध्यमिक विद्यालयको आतिथ्यमा हुने भएको हो । प्रतियोगिता देवदह पानबारी खेल मैदानमा हुने नगरपालिकाले जनाएको छ । 

    images
    images
    images

    प्रतियोगिता सम्पन्न गर्नका लागि भौतिक संरचना मर्मतको कामलाई तीव्रता दिएको देवदह नगरपालिकाका प्रवक्ता पगणेश डुम्रेले जानकारी दिए। "पानबारी खेलमैदानमा भलिबल, कबड्डी, कराँते लगायतका खेल सम्पन्न गर्नका लागि ग्राउन्ड मर्मत तथा व्यवस्थापनको काम सम्पन्न भएको छ ।" प्रवक्ता डुम्रेले भने, "बिहिवार औपचारिक उद्घाटनका लागि हामी तयारी अवस्थामा छौं ।"

    images
    images
    images

    प्रतियोगितामा देवदहका २७ विद्यालयले सहभागिता जनाउने केरवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक निर्मल ढुङ्गानाले जानकारी दिए ।
    प्रधानाध्यापक ढुङ्गानाले प्रतियोगितामा सहभागी हुने सबै खेलाडीहरूको स्वास्थ्य बिमा समेत गरिएको बताए।

    images
    images
    images

    राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन गर्न सङ्घीय सशर्त अनुदानतर्फ बजेट नरहे पनि देवदह नगरपालिकाले आफ्नै आन्तरिक तर्फबाट ९ लाख रुपैयाँ  विनियोजन गरेर कार्यक्रम सञ्चालन गरिरहेको हो ।

    प्रत्येक विद्यालयले आफ्नो विद्यालयका उत्कृष्ट खेलाडीहरूको छनोट गरी प्रतियोगितामा सहभागिता जनाउने तयारी गरिरहेका छन् । प्रतियोगिताबाट नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्य रहेको आयोजकको दावी छ।

    प्रतियोगितामा देवदहका २७ विद्यालयका एक हजार ततिन सय ४० इभेन्टको लागि चार सय ४० जना विद्यार्थीले प्रतिस्पर्धा गर्ने केरवानी माध्यमिक विद्यालयका शिक्षक खेमानन्द ज्ञवालीले जानकारी दिए । भलिबल र कबड्डी खेलको ट्राइसेट सार्वजनिक गरिएको शिक्षक ज्ञवालीले बताए।

    रनिङ शिल्डको उद्‌घाटन र समापन सत्र विद्यालय प्राङ्गणमा हुने र खेलकुदका इभेन्टहरू पानबारी खेलमैदानमा हुने विद्यालयले जनाएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राष्ट्रपति रनिङ शिल्ड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।