Logo

२०८३, आश्विन ९गते


images
images

राष्ट्रपति रनिङ शिल्डको उपाधि पोखरा महानगरलाई

राष्ट्रपति रनिङ शिल्डको उपाधि पोखरा महानगरलाई

images
  • राष्ट्रपति रनिङ शिल्डको उपाधि पोखरा महानगरलाई
    images
    images

    राजेश  पराजुली, पोखर।  पोखरा महानगरपालिकाले १३ औं संस्करणको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालामा दुई दीन चलेको उक्त प्रतियोगितामा पोखरा महानगरले २८ स्वर्ण १० रजत र ६ काँस्य गरी ४४ पदक सहित पोखरा प्रथम भएको हो ।

    images
    images
    images

    ३० स्वर्ण पदकको लागि भएको प्रतिष्प्रर्धामा रुपा गाउँपालिकाले २ स्वर्ण र ४ कास्य सहित ६ पदक प्राप्त गरी दोश्रो भएको छ । त्यसै गरी ९ रजत र ९ काँस्य गरी १८ पदक सहित माछापुच्छ्रे गाउँपालिका तेश्रो भएको छ । अन्नपूर्ण गाउँपालिका ७ रजत र ८ काँस्य गरी १५ पदक सहित चौथो स्थानमा रहेको छ । मादी गाउँपालिका पदक विहिन भयो । विजेतालाई उपाधिको साथमा १२ हजार, उपविजेतालाई ९ हजार प्रदान गरिएको थियो ।

    images
    images
    images

    पोखरा महानगरपालिकाको जितमा सविना खातुनले ५ स्वर्ण, एन्जल अधिकारीले ४ स्वर्ण पदक दिलाए । पोखरा रामघाटमा रहेको टप्स मावि कक्षा ९ मा अध्ययनरत खातुनले ४ सय मिटर, ८ सय मिटर, हाइजम्प, रिले तर्फ दुई स्वर्ण गरी ५ स्वर्ण पदक दिलाएकी हुन्। त्यस्तै पोखरा २७ को त्रिवेणी पब्लिक स्कुलकी एन्जल अधिकारीले १ सय मिटर, २ सय मिटर, लङजम्प र रिलेमा गरी ४ वटा विधामा स्वर्ण पदक जितेकी हुन् ।

    images
    images
    images

    पोखरा महानगरको एथ्लेटिक्स तर्फका प्रशिक्षक शंकर शाहले पोखराका छनौट भएका खेलाडीहरु कास्की जिल्लामा छनौट हुने गरी थप मेहनत गर्ने बताए। मार्सल आर्ट सहित ९४ जना खेलाडीहरु जिल्ला स्तरिय प्रतियोगिताको लागि खेलाडी छनौट भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डि.बि.नेपालीले बताए ।

    विजयी खेलाडीहरुको टोलीलाई गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री पन्चराम गुरुङ, नेपाल भारतोलन संघका केन्द्रिय उपाध्यक्ष राजन बड्गामी, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका निर्देशक कृष्ण तिमिल्सिना, कार्यालय प्रमुख लक्ष्मण योगी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बहादुर बाँनिया, पोखरा महानगरपालिका खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्का, पोखरा महानगरपालिकाका शिक्षा शाखा प्रमुख सोमनाथ भण्डारी लगायतले पुरस्कार वितरण गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राष्ट्रपति रनिङ शिल्ड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।