Logo

२०८३, आश्विन ९गते


images
images

बुटवलमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

बुटवलमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

images
  • बुटवलमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु
    images
    images

    बुटवल । बुटवलमा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० शुरु भएको छ। नगर खेलकुद विकास समितिको आयोजनामा बिहीबार शुरु भएको प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे। प्रतियोगिताको उद्घाटन गर्दै उनले बुटवलबाट राष्ट्रिय, अन्तरराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न योग्य खेलाडी उत्पादनमा नगरले पर्याप्त लगानी गर्ने बताए।

    images
    images
    images

    उनले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताप्रतिको आकर्षण र बुटवलमा विद्यालयस्तरबाटै खेलाडी उत्पादनका लागि विद्यालयस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने बताए। उनले विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न सकेमा मात्रै खेल क्षेत्रको प्रगति हुनसक्ने र खेलबाटै जीविकोपार्जन गर्नसक्ने गरी जनशक्ति उत्पादन हुने बताए।running 2.jpg

    images
    images
    images

    उनले विद्यालयहरुलाई खेलाडी उत्पादनमा उपमहानगरपालिकाले पर्याप्त सहयोग गर्ने बताउँदै त्यसका लागि विधागत रुपमा खेल क्षेत्रमा विद्यार्थीको आकर्षण बढाउन उनले आग्रह गरे। उनले बुटवल शिक्षामा अब्बल नगर रहेको र सोहीअनुसार खेल क्षेत्रमा पनि राष्ट्रिय अन्तरराष्ट्रिय स्तरमै ख्याति कमाउन सक्ने गरी विकास गर्ने योजना अगाडि बढाएको बताए।

    images
    images
    images

    प्रमुख पाण्डेयले राष्ट्रपति रनिङ शिल्डमा राष्ट्रिय स्तरमा उपाधि हासिल गर्ने खेलाडीलाई नगदसहित सम्मान गरेर प्रोत्साहन गर्ने बताए। कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले खेलक्षेत्रको माध्यमबाट विद्यार्थीको प्रतिभा पहिचान गर्ने र सोहीअनुसारको वातावरण तयार गर्ने काममा नगरले पर्याप्त चासो र लगानी गरेको बताइन्। उनले रनिङ शिल्डलाई अवसरको रुपमा लिदै खेलाडी उत्पादनमा विशेष चासो दिन विद्यालयहरुलाई आग्रह गरिन्।

    नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले ३ दिनसम्म चल्ने प्रतियोगितामा १७ विधाका ५४ खेलमा १ हजार ४२२ विद्यार्थीले भाग लिने अध्यक्ष पियाले बताए। प्रतियोगितामा १८ वर्ष भन्दा मुनिका विद्यार्थीले भाग लिएको र सबै खेलाडीहरुको बीमाको समेत व्यवस्था गरिएको उनले बताए। प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, द्वितिय हुनेलाई १७ हजार पाँच सय र तृतीयलाई १० हजार रुपैयाँ पुरस्कारको समेत व्यवस्था गरिएको संयोजक पियाले बताए। उनले सबै खेलाडीहरुको १ महिनाको दुर्घटना बीमा गरिएको जानकारी दिए। प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, द्वितिय हुनेलाई १७ हजार पाँच सय र तृतीयलाई १० हजार रुपैयाँ पुरस्कारको समेत व्यवस्था गरिएको संयोजक पियाले बताए।

    प्रतियोगितामा फिल्ड हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटपुट, रिले दौड, भलिबल, कबड्डी, तेक्वान्दोलगायतका खेल हुनेछन्। प्रतियोगिता सञ्चालनका लागि ५७ सदस्यीय मुल समिति, खेल विधाका समिति र १० वटा अन्य विधाका समितिहरु बनाइएको सचिव प्रेम बस्नेतले बताए। कार्यक्रममा प्रदेश खेलकुद विकास परिषदका जयप्रकाश भट्टराई, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेललगायतले बोल्दै खेल क्षेत्रको विकासमा नगरले गरेको कार्यक्रम प्रभावशाली रहेको बताए।

    प्रतियोगितामा फिल्ड हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटपुट, रिले दौड, भलिबल, कबड्डी, तेक्वान्दोलगायतका खेल हुनेछन्। यस्तै मार्चपासमा सहभागी भइ उत्कृष्ट हुने पहिलोलाई १० हजार, दोश्रो हुनेलाई ५ हजार र तेश्रो हुनेलाई २ हजार ५ सय रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिता सञ्चालनका लागि बुटवल उपमहानगरले २० लाख र संघ सरकारको सशर्त अनुदानबापतको १ लाख गरी २१ लाख बजेट रहेको छ।

    प्रतियोगिताको उद्घाटनमा मार्चपाससहितको र्‍यालीको मूल्याङ्कनको आधारमा प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमशः १० हजार ५ हजार र २५ सय पुरस्कार प्रदान गरिने नगर खेलकुद विकास समितिका सचिब प्रेम बस्नेतले जानकारी दिए। गत वर्षको रनिङ शिल्ड प्रतियोगिताको उपाधि कालिका मानवज्ञान माविले जितेको थियो ।

    प्रतियोगितामा नवीन औद्योगिक माध्यमिक विद्यालय दोश्रो र न्यु होराइजन माध्यमिक विद्यालय तेश्रो भएका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राष्ट्रपति रनिङ शिल्ड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।