कृष्ण अन्जान, गुल्मी । भित्तामा दुईवटा व्यानर टाँगिएका छन । भट्कुवा आधारभुत विध्यालयकाे सभाहल डमक्कै भरिएकाे छ । हलमा सन्तानव्वे प्रतिशत महिला सहभागिता छ । भित्तामा टाँगिएकाे एउटा ब्यानरमा दलित टाेलबस्ति स्तरमा सचेतना अभिवृद्दी कार्यक्रम २०७९लेखिएको छ र अर्काे व्यानरमा समुदाय प्रहरी साझेदारी लेखिएकाे छ ।
सहभागीहरु व्यानर अनुसारकाे कार्यक्रमकाे शुरुवातका लागि व्यग्र प्रतिक्षामा रहँदै गर्दा महिला बालबालिका तथा समाज कल्याण इकाई रुरुक्षेत्र गाउँपालिकाका शाखा प्रमुख दामोदर ज्ञवालीले कार्यक्रमकाे दैलाे उघार्दै गाउँ कार्यपालिकाकाे वार्षिक कार्यक्रम अनुसार फागुन २८ बाट रुरुक्षेत्रका दलित टाेल बस्तीमा सचेतना अभिवृद्दि कार्यक्रम गर्ने निर्णय अनुसार भट्कुवाका दलित समुदायमा पहिलो दिनकाे कार्यक्रम आयाेजना गरिएकाे जानकारी गाराउँदै ओैपचारिक कार्यक्रमकाे शुरुवात गर्छन ।
सभाहल डमक्कै भरिएकाे छ रुरुक्षेत्र गाउँ पालिका वडा न १ का जनप्रतिनिधि, दलित अभियन्ता, गाउँ कार्यपालिकाका सदस्य र पालीकाका अन्य कर्मचारीहरुकाे बाक्लो उपस्थितिमा दलित सहभागीहरुमा ठुलाे सँख्यामा महिला देखिन्छन् र एक दुईजना मात्र पुरुष सहभागीताले पुरुषहरु राेजिराेटिकाे खाेजिमा गाउँ छाडेकाे प्रष्ट देखिन्छ ।
दलित सचेतनाकाे पहिलो प्रस्तुति प्रशिक्षक दामाेदर ज्ञवालीकाे वित्तीय सचेतना बाट शुरु हुन्छ । मुख्य रुपमा ग्रामीण क्षेत्रमा लघुकर्जा कार्यक्रमले महिलालाई पारेकाे आर्थिक बाेझ र गाउँकै सहकारी लाई बढि उपयाेग गर्ने र बचत पनि गाउँकै सहकारीमा गर्ने र ऋण पनि त्यहीँबाटै लिनेमा प्रशिक्षणमा जाेड दिईन्छ ।
सचेतना कार्यक्रममा सहकार्य गर्दै समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत रिडी ईलाका प्रहरी कार्यालयका प्रहरी निरुक्षक यमलाल बन्जाडेले जातीय तथा छुवाछूत सम्बन्धि अन्तारष्ट्रिय तथा सँवैधानिक व्यवस्था सम्बन्धि प्रशिक्षण दिने काम हुन्छ ।
सचेतना कार्यक्रममा रुरुक्षेत्र गाउँ पालिका गाउँ कार्यपालिका सदस्य तथा सचेतना कार्यक्रमका प्रशिक्षक दुर्गा घायल विश्वकर्माले जातीय विभेद भित्र विध्यमान रहेका जातिय अधिकार तिनका समस्या र समाधानका विषयमा सहभागी सँग खुलेर बहस गर्छन । उनकाे जाेड मुख्य रुपमा दलितहरुकाे आयआर्जन ,बचत सँगै जीवनस्तर सुधारका लागि आर्थिक समृद्धिकाे प्रयास सँगै दलित अधिकारमा केन्द्रित हुन्छ ।
सचेतना कार्यक्रमकाे अन्तिम विषय मुलुकि देवानि कार्यविधिमा बालविवाह र बहुविवाह सम्बन्धि कानुनकाे व्यख्या गर्दै सचेतना अभियानका कक्षाहरु सकिन्छन ।रुरुक्षेत्र गाउँपालिका गाउँ कार्यपालिकाका सदस्य दुर्गा घायल विक काे अध्यक्षतामा भएकाे कार्यक्रम रुरुक्षेत्र गाउँ पालिका वडा न १ नवराज विककाे प्रमुख अतिथ्यता र वडा सदस्य शुसिल श्रेष्ठको स्वागत, दामोदर ज्ञवालीकाे सन्चालन रहेकाे थियाे ।
रुरुक्षेत्र गाउँपालिकाका ६ वटै वडामा सन्चालन हुने सचेतना कार्यक्रम फागुन २९ मा वडा न २ ,फागुन ३०मा वडा न ३ चैत्र १ गते वडा न ४ चैत्र २ गते वडा न ५ र चैत्र ३ गते वडा न ६ मा आयाेजना हुने भएका छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology