Logo

२०८३, श्रावण ३०गते


images
images

निर्मल निवासको हस्तक्षेपले राजसंस्थाको मान्यतामाथि नै आघात पुग्यो : थापा

निर्मल निवासको हस्तक्षेपले राजसंस्थाको मान्यतामाथि नै आघात पुग्यो : थापा

images
  • निर्मल निवासको हस्तक्षेपले राजसंस्थाको मान्यतामाथि नै आघात पुग्यो : थापा
    फाइल फोटो
    images
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले निर्मल निवासको हस्तक्षेपले राजसंस्थाको मान्यतामाथि नै आघात पुगेको बताएका छन् । एक प्रेस  वक्तव्य जारी गर्दै थापाले पार्टीको केन्द्रिय नेतृत्वको निर्वाचनमा निर्मल निवास र पुर्वराजा ज्ञानेन्द्रले नांगो हस्तक्षेप गरेको आरोप लगाउँदै त्यसको निन्दा गरेका हुन्  ।

    images
    images
    images

     

    images
    images
    images

    पार्टीको एकता महाधिवेशन भव्यताका सथा सम्पन्न भएको उल्लेख गर्दै आफू पराजित हुनुपरेकोमा दु:ख नलागेको तर वाह्य हस्तक्षेपको कारण पार्टीले पीडा भोग्नु परेको थापाको भनाइ छ ।

    images
    images
    images


    वक्तव्यमा महाधिवेशनबाट निर्वाचित अध्यक्ष राजेन्द्र लिंगदेन लगायत सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई वधाई दिदैं आफू पार्टी फूटमा नरहेको समेत नेता थापाले स्पष्ट पारेका छन् । "अध्यक्ष पदमा पराजयका वावजुद पार्टी एकताको पक्षमा मेरो निरन्तर सकारात्मक सहयोग रहने छ" - उनले भनेका छन् ।


    वक्तव्यमा २०७४ सालमा पार्टी फुटाउन र विगत केही समय यता तथाकथित भजन मण्डली खडा गरेर पार्टी नेतृत्वको चरित्रहत्या गर्ने र राप्रपाका वारेमा  भ्रम सिर्जना गर्ने गराउने कार्य निर्मल निवासबाट बारम्बार हुँदै आएको नेता थापाले आरोप लगाएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राप्रपा
  • # कमल थापा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।