Logo

२०८३, श्रावण ३०गते


images
images

उपनिर्वाचन

रास्वपाबाट उम्मेदवारको लागि आवेदन दिएका ९ जनासँग भैरहवामा छलफल हुँदै

रास्वपाबाट उम्मेदवारको लागि आवेदन दिएका ९ जनासँग भैरहवामा छलफल हुँदै

images
  • रास्वपाबाट उम्मेदवारको लागि आवेदन दिएका ९ जनासँग भैरहवामा छलफल हुँदै
    images
    images

    भैरहवा । रुपन्देही ३ मा कार्तिक १७ गते हुन लागेको उपनिर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट हुने उम्मेदवारको चयन प्रक्रिया जारी रहेको छ । यसैबीच नौ जना आवेदकहरूको आज भैरहवास्थित रामादा होटलमा छलफल हुदैछ ।

    images
    images
    images

    उम्मेदवार हुन निवेदन दिनेहरूसँग प्यानलमा छलफलको लागि राष्ट्रिय स्वतन्त्र पार्टीको सह महामन्त्री विपिन आचार्य, पार्टी प्रवक्ता तथा सांसद मनिष झा, सांसद तथा पूर्व शिक्षा मन्त्री शिशिर खनाल र सांसद प्राध्यापक डाक्टर चन्दा कार्कीलगायत उपस्थित रहने भएका छन् ।

    images
    images
    images

    त्यस्तै उम्मेदवारी दिएकाहरुसँग पार्टीका उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले वान अन वान छलफल गर्ने प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

    images
    images
    images

    यस प्रक्रियाको उद्देश्य राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारीको लागि निवेदकहरूले संविधान, देशको वर्तमान चुनौती र अवस्था, देशको राजनीतिक परिवेश, स्थानीय मुद्दा, कानुनी प्रक्रिया, संसदीय अभ्यास तथा जनचासोको विषयहरूमा कति जानकारी राख्छन भन्ने भुझ्नु रहेको प्रवक्ता झाले बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।