विराटनगर । विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको सक्रिय तथा संगठित सदस्य भएको दाबी गरेकी छन् ।
विराटनगर विमानस्थलमा सोमवार पत्रकारसँग कुरा गर्दै उनले पार्टी केन्द्रीय कमिटीको पछिल्लो निर्णयबारे औपचारिक जानकारी नपाएको बताउदै आफु एमालेको सक्रिय तथा संगठित सदस्य भएको दाबी गरेकी हुन् ।
भण्डारीले भनिन्- 'म ४५ वर्षदेखि एमालेको संगठित सदस्य हुँ । हिजो पनि म एमाले भएरै राष्ट्रपति निर्वाचित भएकी हुँ र आज पनि त्यहीँ छु।’
साथै भण्डारीले अहिले वाम एकताको सम्भावना कमजोर भएको समेत बताएकी छन् ।
विराटनगरमा पूर्वराष्ट्रपति भण्डारीलाई कोशी प्रदेशकी राज्यमन्त्री सिर्जना राईले विमानस्थलमा स्वागत गरेकी थिइन् । भण्डारी मोरङ सेवा समाजको निमन्त्रणामा विराटनगर आएकी हुन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology