Logo

२०८३, आश्विन १०गते


images
images

बहुदलीय जनवादले कम्युनिष्टप्रतिको भ्रमलाई हटायो : विद्या भण्डारी

बहुदलीय जनवादले कम्युनिष्टप्रतिको भ्रमलाई हटायो : विद्या भण्डारी

images
  • बहुदलीय जनवादले कम्युनिष्टप्रतिको भ्रमलाई हटायो : विद्या भण्डारी
    images
    images

    काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको बहुदलीय जनवादले कम्युनिष्टप्रतिको भ्रमलाई हटाएको बताएकी छन् ।

    images
    images
    images

    जननेता मदन भण्डारीको ७५औ जन्मजयन्ती समारोहमा बोल्दै भण्डारीले मदन भण्डारीको बहुदलीय जनवादले नै नेपालमा कम्युनिष्टप्रति विश्वास बढाएको बताउदै पुँजीवादी पक्षधरहरुले फैलाएकासबै भ्रमको निवारण गरेको बताएकी छन् ।

    images
    images
    images

    भण्डारीले हालै सम्पन्न चुनावले सबै कम्युनिष्टहरुलाई जनतासँग जोडिनुपर्छ भन्ने सन्देश दिएको बताउदै एउटा चुनावले मात्र कम्तुनिष्टको महत्व कम भयो भन्न नहुने जिकिर गरिन ।

    images
    images
    images

    उनले बदलिदो परिस्थिति, प्रविधिको विकास र जनतासँगको जीवन्त सम्बन्धले आन्दोलनलाई सान्दर्भिकता बनाउदै लैजाने बताउदै अहिलेको अवस्थामा बहुदलीय जनवादको महत्व अझ बढेको बताईन । उनले जनताको विश्वास पुन हासिल गर्ने आधार परिणाममुखी काम र विश्वसनीय नेतृत्व हुनुपर्ने  बताउदै भण्डारीले समय अनुसार आफुलाई ढाल्न सके मात्र कम्युनिष्ट आन्दोलनले फेरी सफलता हासिल गर्न सक्नेमा जोड दिइन ।

    भण्डारीले अबको देशको बाटो नै बहुदलीय जनवादको बाटो भएको भन्दै आफु नेपालको राजनीतिक अवस्था र परिस्थितिमा प्रत्यक्ष कार्यकारीको पक्षमा नरहेको समेत उल्लेख गरेकी छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विद्या भण्डारी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।