Logo

२०८३, श्रावण ३०गते


images
images

संसद बैठक

कांग्रेस एमालेले उपसभामुख पदको अवमूल्यन गरे: सन्तोष परियार

कांग्रेस एमालेले उपसभामुख पदको अवमूल्यन गरे: सन्तोष परियार

images
  • कांग्रेस एमालेले उपसभामुख पदको अवमूल्यन गरे: सन्तोष परियार
    images
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख पदको अवमूल्यन गरिरहेको बताएका छन् ।

    images
    images
    images

    बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद परियारले बालुवाटार, बूढानीलकण्ठ र सिंहदरबारको बैठकबाट उपसभामुख इन्दिरा रानामाथि बारम्बार आक्रमण भइरहेको बताउदै आफुहरुले यस्तो अपमान नसहने बताए ।

    images
    images
    images

    उनले भने 'सांसदको विवेक बन्दी नबनाऊ । सांसद आफै सार्वभौम हो । आज रास्वपालाई निषेध गर्न खोजिदैछ । बारम्बार कार्यपालिकाले व्यवस्थापिकामाथि अवमुल्यन भएको छ उपसभामुख पदको अवमूल्यन भइरहेको छ ।

    images
    images
    images

    बालुवाटार र बूढानीलकण्ठको बैठकबाट बारम्बार उपसभामुखमाथि आक्रमण भएको छ । 'सांसद परियारले उपसभामुख राना मगर राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा सम्मानित भएकाले संसदको गरिमा बढाउन रास्वपाले उनलाई संसदमा ल्याएको बताउदै उनी जत्तिको सम्मानित कांग्रेस र एमालेका नेताहरु हुननसक्ने दाबि गरे । आक्रामक रुपमा प्रस्तुत भएका परियारले आफ्नो निजी स्वार्थक लागि व्यवस्थाप्रति आक्रमण नगर्न आग्रह गरेका थिए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।