Logo

२०८३, आश्विन ११गते


images
images

साफ यू–१७ महिला च्याम्पियनसिप

साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपाल भारतसँग ७-० ले पराजित

साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपाल भारतसँग ७-० ले पराजित

images
  • साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपाल भारतसँग ७-० ले पराजित
    images
    images

    काठमाडौं । भुटानमा आजदेखि शुरु भएको साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले भारतसँग फराकिलो हार बेहोरेको छ ।

    images
    images
    images

    बुधवार सम्पन्न खेलमा नेपाल भारतसँग ७-० गोल अन्तरले पराजित भएको हो ।  पहिलो हाफमा ५-० ले पछि परेको नेपालले दोस्रो हाफमा थप २ गोल खाएको थियो ।

    images
    images
    images

    आजदेखि अगस्त ३१ सम्म हुने साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश, भुटान गरी चार देशले भाग लिएका छन् । डबल राउण्ड-रोबिनका आधारमा हुने प्रतिस्पर्धामा प्रत्येक टोलीले दुई-दुई खेल खेल्नेछन् भने शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

    images
    images
    images

    नेपालले यस प्रतियोगितामा अब अगस्त २२ मा भुटानसँग, अगस्त २४ मा बंगलादेशसँग, अगस्त २७ मा बंगलादेशसँग, अगस्त २९ मा भारतसँग र अगस्त ३१ मा भुटानसँग खेल्ने तालिका रहेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # साफ यू–१७
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।