Logo

२०८३, श्रावण ३०गते


images
images

स्वाभिमान

लिपुलेक बारे भारत र चीनबीच भएको सहमति हाम्रो स्वाधीनतामाथि प्रहार हो : लिङदेन

लिपुलेक बारे भारत र चीनबीच भएको सहमति हाम्रो स्वाधीनतामाथि प्रहार हो : लिङदेन

images
  • लिपुलेक बारे भारत र चीनबीच भएको सहमति हाम्रो स्वाधीनतामाथि प्रहार हो : लिङदेन
    images
    images

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले लिपुलेक बारे भारत र चीनबीच भएको सहमतिप्रति आपत्ति जनाएको छ ।

    images
    images
    images

    राप्रपा अध्यक्ष लिङदेनले लिपुलेक बारे भारत र चीनबीचको सहमति प्रति आपत्ति जनाउदै नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय हितमा प्रत्यक्ष असर पार्ने निर्णयमा नेपाल सरकारलाई पूर्ण रूपमा उपेक्षा गर्दै एकतर्फी रूपमा लिइएको कदम देशको सम्मान र स्वाधीनतामाथि गम्भीर प्रहार भएको बताएका हुन् ।

    images
    images
    images

    उनले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालका अविभाज्य अंग हुन् भन्ने ऐतिहासिक प्रमाण, नक्सा र सन्धि–सम्झौताहरूले स्पष्ट देखाउँछ भन्दै यसरी नेपालसँग छलफल नगरी दुई देशबीच व्यापारिक मार्ग खोल्ने सहमति गर्नु नेपालप्रति असम्मानजनक मात्र नभई अन्तर्राष्ट्रिय कानुन र कूटनीतिक मर्यादाविपरीतको कार्य भएको बताएका छन् ।

    images
    images
    images

    उनले भएका छन्-   

    भारत र चीनबीच हालै भएको सहमति अनुसार लिपुलेक हुँदै व्यापार मार्ग खोल्ने निर्णयबारे राष्ट्रिय प्रजातन्त्र पार्टी गम्भीर आपत्ति प्रकट गर्दछ। नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय हितमा प्रत्यक्ष असर पार्ने यस्ता कुनै पनि निर्णयमा नेपाल सरकारलाई पूर्ण रूपमा उपेक्षा गर्दै एकतर्फी रूपमा लिइएको कदम हाम्रो देशको सम्मान र स्वाधीनतामाथि गम्भीर प्रहार हो।

    लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालका अविभाज्य अंग हुन् भन्ने ऐतिहासिक प्रमाण, नक्सा र सन्धि–सम्झौताहरूले स्पष्ट देखाउँछन्। यसरी नेपालसँग छलफल नगरी दुई देशबीच व्यापारिक मार्ग खोल्ने सहमति गर्नु नेपालप्रति असम्मानजनक मात्र नभई अन्तर्राष्ट्रिय कानुन र कूटनीतिक मर्यादाविपरीतको कार्य हो।

    राप्रपा नेपालको भू-स्वाधीनता र राष्ट्रिय स्वाभिमानको पक्षमा दृढतापूर्वक उभिएको छ। यस विषयमा नेपाल सरकारले तत्काल भारत र चीनसँग उच्चस्तरीय कूटनीतिक पहल गरी सहमति खारेज गर्न माँग गर्दछ।
    साथै, नेपाली भूमि र स्वाधीनतामाथि कुनै पनि प्रकारको अतिक्रमण वा उल्लङ्घन सह्य नहुने स्पष्ट सन्देश दिन सरकारसँग आग्रह गर्दछु।

    यस सन्दर्भमा राप्रपा सरकारको साथमा रहनेछ । राष्ट्रियताको सवालमा सबै दलहरूका बीचमा राष्ट्रिय सहमतिका लागि समेत आग्रह गर्दछु।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लिपुलेक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।