Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

कालापानी र लिपुलेकबारे धारणा सार्बजनिक गर्न एमाले युवा नेता थेबेको बालेनलाई चुनौती

कालापानी र लिपुलेकबारे धारणा सार्बजनिक गर्न एमाले युवा नेता थेबेको बालेनलाई चुनौती

images
  • कालापानी र लिपुलेकबारे धारणा सार्बजनिक गर्न एमाले युवा नेता थेबेको बालेनलाई चुनौती
    images
    images

    काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहलाई लिम्पियाधुरा, कालापानी र लिपुलेकबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न चुनौती दिएका छन् ।

    images
    images
    images

    शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थेबेले भावी प्रधानमन्त्रीको हैसियतमा कालापानी र लिपुलेकबारे धारणा आवश्यक रहेको बताएका हुन् । उनले भने- 'हुनैवाला प्रधानमन्त्रीको लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे तपाईँको आधिकारिक स्टेटमेन्ट के हो ?' 

    images
    images
    images

    थेबेले निर्वाचनपछि समाजलाई सुखी र समृद्ध बनाउने एजेण्डासहित एमाले जनतामाझ गएको बताए । थेबे एमालेबाट ताप्लेजुङमा प्रतिनिधि सभाको उम्मेदवार रहेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कालापानी
  • # लिपुलेक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।